काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी)का पीवीएम तथा प्रदेश ३ का सेक्रेटरी प्रवेशले एक वक्तव्य जारी गर्दै पार्टीका विरूद्ध गुटबन्दी र अराजक गतिविधि गर्नेहरुलाई पार्टीबाट निस्कासन गरेकाे जनाएका छन् ।
पटक पटक रुपान्तरणका लागि अवसर दिदा पनि रुपान्तरण हुने नदेखिएकाे भन्दै पार्टीबाट निस्कासन गरिएकाे वक्तव्यमा उल्लेख छ ।
सामाजिक सञ्जालमा आएको राजीनामाको प्रचारवाजी सांगठनिक अराजकताको पराकाष्ठा भएकाे भन्दै उनीहरुकाे झुठाे प्रचारबाट भ्रमित नहुन सम्पूर्ण पार्टीपंक्तिलाई वक्तव्यमा अनुराेध गरिएकाे छ ।
वक्तव्यमा यसअघि पार्टीको जिम्मेवारीबाट निलम्बित विष्णु खडका, मोहन पहाडी र धर्म विसीलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निस्काशन गरिएको उल्लेख छ ।