काठमाडौं । श्रीलंकाको राष्ट्रपतिमा रनिल विक्रमसिंघे चुनिएका छन् । यसअघि प्रधानमन्त्री रहेका विक्रमसिंघेलाई त्यहाँको संसदले राष्ट्रपतिमा चुनेको हो । उनले संसदीय मतदानमा प्रमुख प्रतिद्वन्द्वी दुल्लस अलाहप्पेरुमालाई १३४ र ८२ मतान्तरले पराजित गरेको बिबिसीले जनाएको छ ।

श्रीलंकाको राजनीतिमा ४५ वर्षदेखि रहेका विक्रमसिंघे ६ पटकसम्म प्रधानमन्त्री बनिसकेका छन् । देश आर्थिक रूपमा टाट पल्टिएपछि त्यहाँ जनताले पूर्वराष्ट्रपति गोटाबाया राजापाक्षे र स्वयं उनीविरुद्ध नै देशभर प्रदर्शन गरेका थिए । श्रीलंकाका पूर्वराष्ट्रपति राजापाक्षे गत हप्ता देश छोडेर भागेका थिए । विक्रमसिंघे श्रीलंकाली जनताको नजरमा अलोकप्रिय मानिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर