
काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) काठमाडौं जिल्ला समितिको आयोजनामा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न भएको छ । पार्टीका जिल्ला सल्लाहकार रामकुमार कार्कीका छोरा विशाल कार्कीको निधन भएको दशौं दिनको दिन कलंकीस्थित घरमा आयोजित श्रद्धाञ्जली कार्यक्रममा पार्टीका स्थायी समिति सदस्य सिपी गजुरेलले श्रद्धाञ्जली मन्तव्य राख्नुभएको थियो ।
नेता गजुरेलले मृतक विशालप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा मृतक विशालका शिक्षक रामप्रसाद पौडेल, कामनपा–१५ का भुपु वडाअध्यक्ष उत्तमबहादुर रावतले पनि श्रद्धाञ्जली मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा परिवारको तर्फबाट मृतक विशालको बारेमा बुबा रामकुमार कार्कीले राख्नुभएको थियो ।
पार्टी जिल्ला इन्चार्ज शारदा महतको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन शान्ता पंडितले गर्नुभएको थियो ।
कार्यक्रममा पार्टी पिविएम सुरेश श्रेष्ठ, मृतककी आमा पवित्रा कार्की, पार्टीका जिल्ला सदस्य समेत रहेका मृतकका भाइ विष्णु कार्की लगायतको उपस्थिति रहेको थियो ।
२५ बर्षीय विशाल कार्कीको असार २१ गते असामयिक निधन भएको थियो । कार्कीको निधनमा नेकपा (क्रान्तिकारी माओवादी) काठमाडौं जिल्ला समितिले श्रद्धाञ्जली वक्तव्य समेत जारी गरेको थियो ।