२७ असार सूर्खेत ।
६ राजनीतिक बामशकतिव्दारा संयुक्त रुपमा कणाली प्रदेश को राजधानी बीरेन्द्रनगर सुर्खेत मा पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धिले जनजिवनलाई पारेको असर बारे विरो सभा समपन्न । उक्त विरोसभालाई सँवोधन गर्ने सबै वक्ताको एउटै भनाई थियो — “यो जनविरोधी देउवा सरकारले असारको महिना किसानले मानु रोपेर मुरी उत्पादन गर्नेबेला जनताले मलनपायर हाहाकार अबस्थामा पुर्यायको छ, रास्ट्रघाती नागरीकता विधयेकले नेपाललाई फिजीकरण तर्फ लैजादै छ र एमसीसी तथा एसपीपी सम्झौता पनि नेपाललाई अमेरिकी दासताभित्र राख्ने एउटा रास्ट्रघाती कदम हो ।”


उक्त कार्यक्रमलाई नेकपा ( क्रान्तिकारी माओवादी ) का सी सी एम पुर्ण पौडेल ले सम्बोधन गर्नु भएको थिषे भने , नेकपा बहुमतका केन्द्रिय सचिबालय सदस्य तथा भेरी कर्णाली ब्यूरो इन्चार्ज पुर्ण सिंहले पनि सम्बोधन गर्नुभएको थियो ।


त्यसै गरि नेकपा ( क्रान्तिकारी माओवादी ) निकट अखिल क्रान्तिकारीका केन्द्रिय सदस्य तथा कर्णाली प्रदेशका संयोजक नेत्र बहादुर शाहीले जनबर्गीय संगठन्को तर्फबाट बोल्नु भएको थियो । सो कार्यत्रममा केन्द्रिय पार्टी सल्लाहकार , जबस मोर्चाका केन्द्रिय सदस्य ,लगायतको उपस्थित रहेको थियो । उक्त कार्यक्रम को अध्यक्षता साथै संचालन नेकपा ( क्रान्तिकारी माओवादी ) का केस कर्ण बहादुर बी.सी ले गर्नु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार