असार २७ विराटनगर।
नागरिकता विद्येयक महंगी र मलखाद अभावको विरोधमा आज विराटनगरमा नेकपा (क्रान्तिकारी माओवादी),नेकपा(बहुमत)लगायत संयुक्त संघर्ष समितिले विरोध प्रदर्शन गरेको छ ।
विराटनगरको सन्सरीमास्थान देखि नारा जुलुस सहित निस्किएको जुलुस मध्य बजार बी प्लटमा पुगेर कोणसभामा परिणत भएको थियो । जुलुसले , नागरिकता विद्येयक खारेज गर, महंगी नियन्त्रण गर,भ्रष्टचार बन्द गर, किसानलाई मल विउको व्यवस्था, राष्ट्रिय स्वाधिनताको रक्षा गर, एमसीसी खारेज गर जस्ता नाराहरु लगाएको थियो ।
विरोध प्रर्दशन पछि भएको कोण सभामा नेकपा(क्रान्तिकारी माओवादी)का केन्द्रिय सदस्य तथा मोरङ जिल्ला सेक्रेटरी बादलले नेपाललाई फिजिकरण गर्ने उद्देश्यले ल्याएको नागरिकता विद्येयक खारेज गर्नु पर्ने बताउनु भयो । उहाँले आफ्ना देशका नागरिक पहिचान गरि नागरिकता दिनु पर्ने र विदेशीले सहजै नागरिकता पाउने व्यावस्थाको अन्त्य गर्नु पर्ने बताउनु भयो । दलालहरुको पक्षपोषण गर्ने सरकारले किसान,मजदुर तथा सुकुम्बासीको समस्या बेवास्था गरेकै कारण मलखाद अभाव गराएको भनाई राख्नु भयो ।
यसरी नै कोण सभालाई सम्बोधन गर्दै नेकपा(बहुमत)का केन्द्रिय सदस्य तथा मोरङ इन्चार्ज नरेशले नागरिकको दैनिक उपभोग्य बस्तु तथा पेट्रोलियम पदार्थको मुल्य वृद्धि गरेर नागरिकको हुर्मत काडेको बताउनु भयो । उहाँले बालीनाली लगाउने असार महिनामा समेत खादमलको अभाव गराएको भन्दै दलाल संसदीय व्यवस्थाका मतियार हरुले आफ्नो असली रुप देखाएको भनाई राख्नु भायो । उहाँले राष्ट्रियताको रक्षा तथा मजदुर,किसान तथा सुकुम्बासीको समस्या समुल अन्त्य गर्नका लागि दलाल संसदीय व्यवस्थाको अन्त्य गर्न आवश्यक रहेको बताउनु भयो ।
कोणसभामा माओवादी कम्युनिष्ट पार्टीका केन्द्रिय सदस्य प्रविण दर्नालले राष्ट्रियताको रक्षाका लागि सबै क्रान्तिकारी युवाहरु एक हुनु पर्ने भनाई राख्नु भयो । उक्त कोणसभाको सञ्चालन नेकपा(क्रान्तिकारी माओवादी) की प्रदेश नम्बर १ सदस्य तथा प्रदेश प्रचार तथा प्रकाशन विभाग प्रमुख अप्सरा बानियाले गर्नु भएको थियो ।