काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) निकट अखिल (क्रान्तिकारी)ले पेट्राेलियम पदार्थको मुल्यवृद्धि फिर्ताकाे माग गर्दै नेपाल आयल निगमकाे गेटमा ब्यानर टाँगेर विराेध प्रदर्शन गरेकाे छ । विराेध कार्यक्रमकाे सञ्चालन संगठनकी उपाध्यक्ष शिलु न्याैपानेले गर्नुभएकाे थियाे भने कार्यक्रममा संगठनका अध्यक्ष हरिकृष्ण गजुरेलले विराेध मन्तव्य राख्नु भएकाे थियाे ।

क्रान्तिकारी विध्यार्थी नेताहरुले पेट्राेलियम पदार्थकाे मुल्यवृद्धि फिर्ता नगरे कडा संघर्ष सञ्चालन गर्ने चेतावनी दिएका छन् ।
संगठनका अध्यक्ष हरिकृष्ण गजुरेलले याे व्यबस्थाले लुट, भ्रष्टचार सिवाय केहि नदिने भन्दै सबै जनताहरुलाइ मुल्यवृद्धि विरुद्ध उत्रिन आव्हान गर्नुभयाे ।
शेरवहादुर देउवा नेतृत्वकाे जनघाती र राष्ट्रघाती सरकारका विरुद्ध चर्काे नाराबाजी सहित त्रिपुरेश्वरबाट सुरु भएकाे र्याली आयल निगमकाे गेटमा पुगेर विराेध-काेणसभामा परिणत भएकाे थियाे ।
मुल्यवृद्धि र महंगीका विरुद्ध नेकपा (क्रान्तिकारी माओवादी)सहित सम्बद्ध जबस माेर्चाकाे संयुक्त आयाेजनामा कार्यक्रम आयल निगम घेराउकाे कार्यक्रम राखिएकाे छ ।