बैशाख २६ सिन्धुली ।
देखि सिन्धुली जिल्ला को घ्याङलेख गाउँपालिकाको जनयुद्धका ऐतिहासिक गाउँ अमलेबाट नेपाल कम्युनिष्ट पार्टी त्र(mान्तिकारी माओवादी) सिन्धुली जिल्ला समितिको आयोजनामा निर्मित स्थानीय चुनाव बहिष्कार अभियान दलको आयोजनामा नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) सिन्धुली जिल्ला समितिको ईन्चार्ज केन्द्रीय समितिको सदस्य जीवन को नेतृत्वमा सेक्रेटरी सुवर्ण र प्रदेश सल्लाहकार समिति सदस्य नीमा लगायत साथीहरु बहिष्कार पोष्टर टाँस्ने काम र ब्यानर टाङ्ने कार्य भैरहेको कुरा पार्टी ईन्चार्ज जिवनले बताउन भयो । वडा नम्बर २ बस्तिपुर, तामाजोर, नेत्रकाली र शान्तेश्वरी पूर्व गाउँविकास समितिमा बहिष्कारको पर्चा वितरण र पोष्टर टाँस्ने काम र ब्यानर टाङ्ने कार्य भैरहेको कुरा पार्टी ईन्चार्ज जिवनले बताउनुभयो । जनतालाई बिगत छ बर्षसम्म झुक्याएर राष्ट्रघाती एम सीसी पारित गरेकोले स्थानीय चुनाव बहिष्कार गर्ने कुरा ठीक छ भनेर जनताले समर्थन गरेका छन् ।

उक्त सिन्धुली जिल्लाको घ्याङलेख गाउँ पालिकाको चुनाव बहिष्कार अभियानको प्रचार प्रसार कार्यक्रम घ्याङलेख गाउँ पालिकाको वडा नम्बर दुई बस्तिपुरमा आएर बैशाख २६ गते समाप्त भएको छ र बैशाख २७ गते चुनाव बहिष्कार सभा गरिने कार्यक्रम तय भएको छ ।
२६ गते नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी)सिन्धुली जिल्ला समिति सदस्य तथा गोलञ्जोर पालिका इलाका सेक्रेटरी उमेश मगरातीलाई चुनाव बहिष्कार अभियानको क्रममा गिरफ्तारी गरी ईलाका प्रहरी कार्यालय खुरकोटमा राखिएको छ त्यसको बिरोधमा जिल्ला पार्टी कमिटिको तर्फबाट प्रेसबक्तब्य जारी गरी गिरफ्तारी साथीलाई, तुरुन्त रिहा गर्न भनिएको छ ।






























