बैशाख ११ ओखलढूङगा ।
स्थानीय निर्वाचनका लागि उम्मेदवारीको मनोनयन दर्ताको प्रक्रिया अगाडि बढेको पहिलो दिन बैशाख ११ र वैशाख १२ गते मनोनयनमा दर्ताको अन्तिम मिति तोकिएको छ । त्यसैले नेकपा(क्रान्तिकारी माओवादी) सम्वद्ध युवाहरुले आम जनतालाई प्रतिक्रियावादी चुनावको समर्थन नगर्न, प्रतिक्रियावादी राज्य–व्यवस्थाको मतियार नबन्न, चुनाव केन्द्रित गतिविधि नगर्न र उम्मेदवारी मनोनयन नर्गन खबरदारी गर्दै चम्पादेवीको प्रशासनिक केन्द्रमा मसाल जूलूस प्रदर्शन गरेका छन । जुन निकै ऐतिहासिक–अनुकरणीय पाइएको जानकारी प्राप्त भएको छ ।
मसाल जुलुसमा
प्रतिक्रियावादी निर्वाचन बहिष्कार गरौं !
प्रतिक्रियावादी राज्य–व्यवस्था ध्वस्त गरौं !!
नयाँ जनवादी राज्य–व्यवस्था स्थापनाको निम्ति संघर्ष गरौं !
भन्ने नारा लगाइएका थिए ।
मसाल जूलूस प्रदर्शनको नेतृत्व नेकपा(क्रान्तिकारी माओवादी) का केन्द्रीय सदस्य वसन्त, भिष्म, युवराज, प्रेम, मिलन सहितको रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर