नवलपरासी ११ बैशाख – नेकपा(क्रान्तिकारी माओवादी)ले बर्दघाटमा आयोजना गरेको स्थानीय निर्वाचन बहिष्कार कार्यक्रममा प्रहरीले हस्तक्षेप गरेको छ ।
क्रान्तिकारी माओवादीका स्थायी समिति सदस्य रामसिं श्रीसले कोणसभालाई सम्बोधन गरिरहेको अवस्थामा ईलाका प्रहरी कार्यालयको प्रहरी टोलीले हस्तक्षेप गरेको हो ।
प्रहरी निरीक्षक कृष्ण प्रसाद घिमिरेको नेतृत्वमा पुगेको टोलीले ब्यानर झण्डा खोसेर लगेको सो पार्टीका बर्दघाट जिल्ला सचिवालय सदस्य तथा बर्दघाट नगर सेक्रेटरी रामचन्द्र पोखरेलले जानकारी दिनुभयो ।
झण्डा ब्यानर खोस्ने प्रहरी हर्कतको क्रान्तिकारी माओवादीले भण्डाफोर गर्दै शान्ति पुर्ण प्रर्दशन गर्न दिनुपर्ने माग गरेको उहाँले बताउनुभयो ।
उक्त कार्यक्रममा स्थायी समिति सदस्य श्रीसले संसदीय ब्यवस्था असफल हुदै गएको र संसदीय पार्टीहरु भष्ट्र दलाल हुदैं गएको बेला स्थानीय तहका निर्वाचनको औचित्य नभएको बताउनुभयो । उहाँले एमसीसी जस्तो राष्ट्रघाती सम्झौता पारित गर्नेहरुलाई भोट दिएर राष्ट्रघातीहरुको मतियार नबन जनतालाई आग्रह गर्नुभयो । उहाँले देशैभर क्रान्तिकारी माओवादीका नेता कार्यकर्ता माथि प्रहरी दमन शुरु भएको भन्दै निन्दा गर्नुभयो ।


त्यस्तै क्रान्तिकारी माओवादीले जिल्लाका ८ स्थानका स्थानमा बहिस्कार लक्षित कोणसभा गरेको जनाएको छ । पार्टीले बर्दघाट–७ जिमिरेभार, बर्दघाट–१६ कुकुरमारा, केरावारी , सुस्ता–१ बरुवा, कुडिया, फेनहरा , गोपीगंज र बर्दघाटको मुख्यचोकमा चुनाव बहिस्कारको आब्हान गर्दै कोणसभा गरेको हो । कार्यक्रममा पार्टीको स्थायी समिति रामसिं श्रीस, पोलिटब्युरो सदस्य धनेश्वर पोखरेल ,क्रान्तिकारी पत्रकार महासंघका महासचिव रवि पाण्डेय ,जिल्ला सदस्य गुणनीधि पोखरेलले मन्तब्य राखेको जनाइएको छ ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार