देशभक्त क्रान्तिकारीहरुमाथि देउवा सरकारको फासिवादी दमन

देशभक्त क्रान्तिकारीहरुमाथि देउवा सरकारको फासिवादी दमन

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी)सहित ६ कम्युनिस्ट पार्टी र २ मोर्चाको विरोध प्रदर्शनसहितको संसद भवन घेराउ कार्यक्रममाथि देउवा सरकारले व्यापक रुपमा फासिवादी दमन गरेको छ ।

राष्ट्रघाती एमसीसी सम्झौताका खारेजीको माग गर्दै भएको विरोध प्रदर्शनमा देउवा सरकारको प्रहरी प्रशासनले लाठी, पानीका फोहरा, टियर ग्याँस र रबरको गोली प्रहार गर्दै फासिवादी दमनमा उत्रिएको हो ।


राष्ट्रघाती एमसीसी सम्झौता आजै राती १२ बजेसम्म संसदको बैठक चलाएर भएपनि सत्ता गठबन्धनले पास गर्ने तयारी गरेपछि नयाँ बानेश्वर क्षेत्रमा प्रहरी दमनको कडा प्रतिरोध गर्दै देशभक्त क्रान्तिकारीहरुले विरोध प्रदर्शन जारी राखेका छन् ।


विरोध प्रदर्शनलाई नेकपा (क्रान्तिकारी माओवादी)का स्थायी समिति सदस्य रामसिंह श्रीस, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका युवा नेता जागृत रायमाझी र नेकपाका युवा नेता कृष्णहरि भट्टले सम्बोधन गर्दै राष्ट्रघाती एमसीसी खारेज नभएसम्म देशभक्त क्रान्तिकारीहरुले प्रतिरोध संघर्ष जारी राख्ने चेतावनी दिएका छन् ।

शान्तिपूर्ण रुपमा जारी विरोध प्रदर्शनमाथि २ बजेपछिको प्रहरी फासिवादी दमनमा उत्रिएको थियो ।

एमसीसीको विरोधमा रहेका माओवादी केन्द्र, एसामाजवादी लगायत सत्तारुढ दलहरु समेत व्याख्यात्मक टिप्पणीसहित एमसीसी पास गर्न तयार भएपछि देशभक्त क्रान्तिकारीहरु थप आक्रोशित बनेका छन् ।