फागुन १५ सिन्धुली ।
फागुन १५गते नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) सिन्धुली जिल्ला समिति ,नेकपा (विप्लव) र देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालको जिल्ला समितिको संयुक्त संघर्ष समितिको आयोजनार्मा राष्ट्रघाती एमसीसीको बिरोधमा जिल्ला प्रशासन कार्यालय सिन्धुलीमा धर्ना र कोणसभा संपन्न भएको छ ।


कोणसभामा पार्टी केन्द्रीय समितिको सदस्य एबम् जिल्ला ईन्चार्ज जिवनले राष्ट्रघाती राष्ट्रघाती एमसीसीको बिरोधमा यसका राष्ट्रघाती बुदाहरुको ब्याख्या गर्दै संपूर्ण देशभक्त नेपाली एक भै अमेरिकी दलालहरुले सदनबाट पास गरे पनि नेपालमा त्यसका कायाृन्वयन नगराउन र फेल गराउन जनदवाव सिर्जना गर्ने भिषण संघर्ष अगि बढाउन आह्वान गर्नुको साथै संपूर्ण देशभक्त सांसदहरूलाई राष्ट्रघातीको बिपक्षमा आफ्नो बहुमुल्य मत थिई फेल गराउन सहयोग पुर्याउन अनुरोध गर्दछौं भन्नुभयो ।
उक्त कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी विप्लव जिल्ला समिति सेक्रेटरी गोपाल ब्लोन र बिसेष कमिटीका सदस्य शशिले संबोधन गर्नुभएको थियो । कार्यक्रमको उद्घोषण देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका जिल्ला समिति सेक्रेटरी बालकृष्ण थापाले गर्नु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर