एमसीसीका विरुद्ध देशभक्त क्रान्तिकारीहरु विशाल ¥यालीसहित संसद भवन घेराउमा (फोटोफिचर)

एमसीसीका विरुद्ध देशभक्त क्रान्तिकारीहरु विशाल ¥यालीसहित संसद भवन घेराउमा (फोटोफिचर)

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी)सहित एमसीसीका विरुद्ध संघर्षरत ६ पार्टी र २ मोर्चाले आज विशाल ¥यालीसहित संसद भवन अगाडि विरोध प्रदर्शन गरेका छन् । माइतीघर मण्डलाबाट सुरु भएको विरोध जुलुस संसद भवन अगाडि नयाँ बानेश्वर चोकमा पुगेको छ । संसद भवन अगाडि अहिले देशभक्त क्रान्तिकारीहरुले विरोध प्रदर्शन गरिरहेका छन् ।


देशभक्त क्रान्तिकारीहरुको शान्तिपूर्ण प्रदर्शनमाथि देउवा सरकारले दमनका लागि लाठी, पानीको फोहरा, टियरग्याँस लगायतका दमनका साधनहरुलाई तम्तयार पारी राखेको छ भने ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।


एमसीसी मुर्दावाद, गो ब्याक एमसीसी, अमेरिकी साम्राज्यवाद मुर्दावाद, दलालहरु होशियार, एमसीसी चाहिंदैन देश बेच्न पाइँदैन लगायतका चर्को नाराबाजीसहित प्रदर्शन भइरहेको छ ।


एमसीसी राष्ट्रघाती भएको र विना संशोधन पास गर्न हुन्न भन्दै आएको माओवादी केन्द्र, एसामाजवादी पार्टीहरु समेत अन्ततः कांग्रेससँगको गठबन्धन जोगाउने नाममा राष्ट्रघाती एमसीसी पास गर्ने निष्कर्ष र निर्णयमा पुगेका छन् । अब प्रचण्ड र माकुनेहरु पनि एमसीसीमा राष्ट्रघातका निम्ति तयार भएपछि माओवादी केन्द्र र एसामाजवादी पार्टीभित्रका देशभक्तहरु आक्रोशित बनेका छन् र उनीहरु पनि स्वतःस्फूर्त सडक संघर्षमा उत्रन थालेका छन् ।