
१५ फागुन काठमाडौं ।
नेकपा एमालेका नेता भीम रावलले अमेरिकी सहयोग परियोजना एमसिसीमा व्याख्यात्मक टिप्पणीबाट सच्चिने भन्ने कुरा जनतालाई ठग्ने काम मात्रै भएको बताएका छन् ।
माओवादी केन्द्रले व्याख्यात्मक टिप्पणीसहित एमसिसी अनुमोदन गर्ने निर्णय गरेपछि उनले त्यसको विरोध जनाएका हुन ्।
नेता रावलले लेखेका छन्, ‘एमसिसी सम्झौताका राष्ट्रघाती प्रावधान सरकारको एकपक्षीय संकल्प प्रस्ताव वा व्याख्यात्मक टिप्पणीबाट सच्चिने कुरा गर्नु जनतालाई ठग्नु हो । यो महाकाली सन्धिको संकल्प प्रस्ताव जस्तै निहित सत्ता स्वार्थका लागि विदेशीको भक्ति गरी मातृभूमिमाथि लात्ती बजार्नु जस्तै हो । देशघाती चरित्र ।’
महाकाली सन्धिको संकल्प प्रस्ताव जस्तै निहित सत्ता स्वार्थका लागि विदेशीको भक्ति गरी मातृभूमिमाथि लात्ती बजार्नु जस्तै भएको उनको भनाइ छ ।



