नियती

नियती

पैल्यै भन्दिनु पर्दथ्यो सहजमा सक्दैन मैले भनि
आसा नाहकमा दियौकिन तिमि बस्ति बसाल्छु भनि ।
भत्केको घरमा निरास जनता पर्खि रहेका हुनन्
जाडोले ठिहि¥याउँदा लुगलुगि काँपि रहेका हुनन् ।

दुःखिको दुःख नासने फगतका बाचा गरि हिँड्दछौ
गर्नुकेहि हुँदैन रैछ ढिङुरो बेकारमा पिटदछौ ।
आफैबार लगाउँथे मिलिजुलि छाप्रो बनाइकन
बस्थे आपसमा चलाई गुजरा दुर्भाग्य ठानिकन ।

तिम्रो राज बचाउनै थपिरह्यौ मन्त्रिहरु दिन्दिन
आफ्नो चाह बचाउनै लडिरह्यौ नाका र साखातिर ।
फुस्सा बात नझार कर्म हिनहो तिम्रो गति देखियो
खै के हो बुझिसक्नु छैन नियति मस्तिस्कमै रोकियो ।