फागुन १३ पोखरा ।
नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) केन्द्रिय सदस्य, ४ नं. प्रदेश सचिवालय सदस्य एवं कास्की जिल्ला इन्चार्ज रामजी थापाकी ममतामयी आमाको ८९ वर्षको उमेरमा यही फागुन ९ गते बिहान आफ्नै निवासमा दुःखद निधन हुन गएको थियो ।

आमा मित्र कुमारी थापाको आज पाँचौं दिनमा आयोजित श्रद्धाञ्जली कार्यक्रमको प्रमुख अतिथि नेकपा (क्रान्तिकारी माओवादी) स्थायी समिति सदस्य रामसिंह श्रीसले सामाजिक रुपान्तरणको यो महान अभियानमा अध्यात्मवादलाई चुनौती दिदै भौतिकवादको पक्षमा आफुलाई जसरी उभ्याउने आट गर्नु भयो, त्यसको लागि कमरेड रामजी थापालाई धन्यवाद दिन चाहन्छु र परिवर्तन हामी आफैबाट सुरुवात गर्नु पर्छ भन्नु भयो । आमा मित्र कुमारी थापाप्रति हार्दिक श्रद्धाजली साथै दुःखको यस घडीमा कमरेड रामजी थापा लगायत सम्पूर्ण शोकाकूल परिबारजनप्रति हार्दिक समवेदना प्रकट गर्नु भयो ।


विषेश अतिथि पार्टीका पोलिट ब्यूरो सदस्य एवं सह इन्चार्ज अनुकूलले आमा मित्र कमारी थापाप्रति हार्दिक श्रद्धाजली साथै परिबारजनमा हार्दिक समवेदना प्रकट गर्दै गलत सँस्कृतिको विरुद्ध हामी सबै एक भएर संघर्ष गर्नु पर्ने कुरामा जोड दिनु भयो ।
त्यसै गरी अन्य अतिथि वक्ताहरुमा देजमो नेपालका प्रदेश समितिका उपाध्यक्ष सुशिला थापा, नेकपा माओवादी केन्द्रका नेता झलकपाणी तिवारी, नेपाली कांग्रेसका गिरीराज गौतम, नेकपा माओवादी केन्द्रका राष्ट्रिय परिषद् सदस्य लोचन के.सी., नेकपा एमालेका रामहरी ढुङ्गाना, वडा नं. २६ का वडा अध्यक्ष नारायण प्रसाद बराल, नेकपा एकिकृत समाजवादीका भक्त रसाइली, नेकपा माओवादी केन्द्र समाजवादीका भोजराज त्रिपाठी, राजमो केन्द्रीय समन्वयका विक्रम थापा, नेकपाका गोकुल पराजुली, सास्कृतिक रुपान्तरण अभियानका अभियान्ताहरु डा. कृष्ण राज अधिकारी, पुर्ण गिरी, लोक वहादुर थापा, भिम रानाभाट लगायतका वक्ताहरुले सामाजिक रुपान्तरणको यो महान अभियानमा आफुलाई उभ्याउनु भएकोमा रामजी थापालाई धन्यवाद दिदै आमा मित्र कमारी थापाप्रति हार्दिक श्रद्धाजली साथै रामजी थापा लगायत सम्पूर्ण शोकाकूल परिबारजनप्रति गहिरो समवेदना प्रकट गर्नु भएको थियो ।


उक्त श्रद्धाञ्जली कार्यक्रममा नेकपा (क्रान्तिकारी माओवादी) केन्द्रिय सदस्य निश्चल, पार्टीका प्रदेश समितिका सदस्यहरु, देजमो नेपालका केन्द्रीय सल्लाहाकार भिम वहादुर श्रीस, देजमो नेपालका प्रदेश समितिका सदस्यहरु, कास्की जिल्ला समितिका सेक्रेटरी लगायत सदस्यहरु, पार्टीका सम्पूर्ण सदस्यहरु, संगम सास्कृतिक मञ्चका अध्यक्ष काजीबाबु श्रेष्ठ, अन्य पार्टीहरुको तर्फबाट पनि उपस्थिती रहेको र स्थानिय रामजी थापाका छिमेकीहरुको समेत ब्यापक उपस्थिती रहेको थियो ।
नेकपा (क्रान्तिकारी माओवादी) प्रदेश समितिको आयोजनामा भएको श्रद्धाञ्जली कार्यक्रमको अध्यक्षता पार्टी पोलिट ब्यूरो सदस्य एवं प्रदेश सेक्रेटरी केश वहादुर परियारले गर्नु भएको थियो भने सञ्चालन प्रदेश सदस्य परशुराम कोइरालाले गर्नु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर