एमसीसी खारेजी संयुक्त आन्दोलनले सिन्धुली जिल्ला प्रशासन कार्यालयमा धर्ना र कोणसभा संपन्न

एमसीसी खारेजी संयुक्त आन्दोलनले सिन्धुली जिल्ला प्रशासन कार्यालयमा धर्ना र कोणसभा संपन्न

फागुन १२ सिन्धुली ।
नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी), नेपाल कम्युनिष्ट पार्टी (विप्लव) र देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल जिल्ला समिति को संयुक्त संघर्ष समिति बनाई राष्ट्रघाती एमसीसी खारेजी आन्दोलनले सिन्धुली जिल्ला प्रशासन कार्यालयमा धर्ना र कोणसभा संपन्न गरेको छ ।

धर्नामा नारा लगाउँदै १ बजे कोणसभा संपन्न भएको छ । कोणसभालाई नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) सिन्धुली जिल्ला समिति ईन्चार्ज जिवनले सम्वोधन गर्दै राष्ट्रघाती एमसीसी सदनमा पेश गरेको छ, बिपक्षमा मत हाली फेल गराउन संपूर्ण देशभक्त सांसदहरूलाई अनुरोध गर्नु भएको थियो । सिन्धुली जिल्लाको तर्फबाट संपूर्ण सिन्धुली जिल्लाको संपूर्ण देशभक्त नेपाली एक होऔँ र राष्ट्रघाती एमसीसी खारेज गर्न जिल्ला प्रशासन कार्यालयमा धर्ना र कोणसभा गरेकोले यो आवाज नेपाल सरकारमा पुर्याउन अनुरोध गर्दछौं भन्नुभयो ।


कोणसभालाई सम्वोधन गर्नेहरुमा नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी)का जिल्ला समिति सेक्रेटरी सुवर्ण, नेपाल कम्युनिष्ट पार्टी (विप्लव) का जिल्ला नेता शशि र जिल्ला समिति सेक्रेटरी गोपाल ब्लोनले संबोधन गर्नु भएको थियो ।
कार्यक्रमको संचालन देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका जिल्ला अध्यक्ष ढक प्रसाद देवकोटाले गर्नु भएको थियो ।