काठमाडौं । ६ कम्युनिस्ट पार्टी र २ मोर्चाको आव्हानमा भएको एमसीसीका विरुद्ध भएको विरोध प्रदर्शनमा प्रहरीले गोली चलाउँदा एकजना गम्भिर घाइते हुन पुगेका छन् । उनको अहिले अन्नपूर्ण न्यूरो अस्पतालमा उपचार भइरहेको बुझिएको छ ।

बिहिबार भएको विरोध प्रदर्शनमाथि दमन गर्दै प्रहरी चलाएको गोली डेल्धुरा घर भएका हेमराज अवस्थीको टाउकोमा लागेको थियो । गोली लागेर ढलेका अवस्थीलाई बानेश्वरको एभरेस्ट अस्पतालमा लगिएको थियो । त्यहाँ उपचार हुन नसक्ने बताएपछि ट्रमा सेन्टर रेफर गरिएको थियो । त्यहाँ पनि उपचार असम्भव भएको भन्दै माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा रेफर गरिएको र अहिले अन्नपूर्ण न्यूरो अस्पतालमा उपचार भइरहेको बुझिइएको छ ।
घाइते हेमराज अवस्थी डडेल्धुराका माओवादी केन्द्रका कार्यकर्ता रहेको जनाइएको छ । टीकाथलीमा बस्दै आएका उनी डडेलधुरा नवदुर्गा ५ का स्थायी वासिन्दा हुन् । अवस्थीका बुवा वडा सचिव रहेको जनाइएको छ ।
माओवादी केन्द्रका सुदूरपश्चिमका इन्चार्ज खगराज भट्टका अनुसार उनको अहिले अप्रेसनको तयारी भइरहेको छ ।






























