प्युठानमा एमसीसी खारेजीको माग गर्दै बिशाल जनप्रदर्शन

प्युठानमा एमसीसी खारेजीको माग गर्दै बिशाल जनप्रदर्शन

 

प्युठान । प्युठानको सदरमुकाम खलंगामा एमसीसी खारेजीको माग गर्दै बिशाल जनप्रदर्शन सहित सभा सम्पन्न भएको छ । जिल्ला सदरमुकाम खलंगामा हजारौंको उपस्थितिमा नाराजुलुस सहित बजार परिक्रमा गरि जिल्ला प्रशासन कार्यालय अगाडि बिरोध सभा गरिएको थियो ।

चार कम्युनिस्ट पार्टीले एमसीसी विरुद्धमा जनप्रदर्शन, सभा तथा प्रशासन कार्यालय घेराउ गरेका हुन् ।

नेकपा (क्रान्तिकारी माओवादी, नेकपा (मसाल), राष्ट्रिय जनमोर्चा, र नेपाल कम्युनिस्ट पार्टी मालेको संयुक्त आयोजनामा विरोध प्रदर्शन तथा प्रशासन कार्यालय घेराउ गरिएको थियो ।

कार्यक्रमलाई विरोध सभामा नेकपा क्रान्तिकारी माओवादीका केन्द्रीय सदस्य टिकाराम पौडेल, राजमोका लुम्बिनी प्रदेशका अध्यक्ष बोम बहादुर खत्री, नेकपा (मसाल)का जिल्ला प्रवक्ता ज्ञामुराम न्यौपाने, नेकपा (माले)का जिल्ला सचिव तिल बिक्रम केसीले सम्बोधन गर्नुभएको थियो ।