आठ दलको संसद भवन घेराउमा ओर्लियो मानव सागर, देउवा सरकारको फासिवादी दमनको कडा प्रतिरोध (फोटोफिचर)

आठ दलको संसद भवन घेराउमा ओर्लियो मानव सागर, देउवा सरकारको फासिवादी दमनको कडा प्रतिरोध (फोटोफिचर)


काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी)सहित एमसीसीका विरुद्ध संघर्षरत ६ पार्टी र २ मोर्चाले आयोजना गरेको संसद भवन घेराउ कार्यक्रममा मानव सागर ओर्लिएको छ । माइतीघर मण्डलाबाट सुरु भएको विरोध जुलुस संसद भवन अगाडि नयाँ बानेश्वर चोकमा आएपछि देउवा सरकार व्यापक दमनमा उत्रिएको छ ।


अहिले देशभक्त क्रान्तिकारीमाथि देउवा सरकारले लाठी, पानीको फोहरा, टियरग्याँससहित दमनमा उत्रिएको छ । प्रहरी दमनको देशभक्त क्रान्तिकारीहरुले डटेर कडा प्रतिरोध गरिरहेका छन् ।


एमसीसी मुर्दावाद, गो ब्याक एमसीसी, अमेरिकी साम्राज्यवाद मुर्दावाद, दलालहरु होशियार, एमसीसी चाहिंदैन देश बेच्न पाइँदैन लगायतका चर्को नाराबाजीसहित प्रदर्शन भइरहेको छ ।


आजको विरोध प्रदर्शनमा माओवादी केन्द्र, एसमाजवादीका युवा र विद्यार्थीहरुसमेत सडकमा उत्रिएका छन् । त्यसैगरी नेपाली कांग्रेस विपि लगायत अन्य देशभक्तिभाव राख्ने विभिन्न समूहरुसमेत सडकमा उत्रिएका छन् ।