६ दल र २ मोर्चाको आव्हानमा आयोजित मसाल जुलुस चितवन र सूर्खेतमा सफलतापूर्वक सम्पन्न

६ दल र २ मोर्चाको आव्हानमा आयोजित मसाल जुलुस चितवन र सूर्खेतमा सफलतापूर्वक सम्पन्न

चितवन
चितवनमा पनि संयुक्त मसाल जुलुस सम्पनन गरिएको छ । नारायणघाटको लायन्सचोकदेखि सुरु गरिएको मसाल जुसले पुल्चोकसम्मको यात्रा तय गरेको थियो ।

 

 

 

सयौको संख्यामा मसाल बोकेका देशभक्त क्रान्तिकारी युवाहरुको त्यहाँको मसाल जुलुस सफलतापूर्वक सम्पन्न गरेका छन ।
समाल जूलुसपछिको कोणसभालाई नेकपा(क्रान्तिकारी माओवादी) चितवन जिल्ला सेक्रेटरी अशोक सुवदी र नेकपाबाट दुर्गा सुवदीले सम्वोधन गर्नु भएको थियो ।

सूर्खेत


सूर्खेतमा पनि ६ दल र २ मोर्चाको संयुक्त मसाल जुलुस सम्पन्न गरिएको छ । सूर्खेतको मंगलगढीचोकदेखि एउटा समूह र चीसापानीचोकबाट अर्को समूहले हातमा मसाल लिएर एमसीसी विरुद्ध चर्का नाराहरु लगाउदै सूर्खेत बजारको केन्द्रमा पर्ने विरेन्द्रचोकमा समापन गरिएको थियो ।

उक्त मसाल जुलुसलाइृ संक्षिाप्त सम्वोधनगरी नेकपा (क्रान्तिकारी माओवादी)का कालीकोट सेक्रेटरी कर्ण बहादुर वीसीले समापन गरिएको जानकारी दिनु भएको थियो । त्यहाँ प्रहरी प्रशासनले शान्तिपूणै जुलुसमाथि कुनै हस्तक्षेप नगरेको जानकारी प्राप्त भएको छ ।