गाइघाट,उदयपुर/ एमसिसी सम्झौता कथित संसदमा टेबल भएपछि कडा प्रतिरोध आन्दोलनमा उत्रिएका क्रान्तिकारी माओवादी सहितको ६ कम्युनिस्ट घटकहरुले आज साँझ प्रदेश १ का विभिन्न जिल्लाहरुमा मशाल जुलुस प्रदर्सन गरी कोणसभा समेत गरेका छ्न् ।
त्यसैक्रममा उदयपुरको सदरमुकाम गाइघाटमा MCC चाहिंदैन,देश बेच्न पाइंदैन भन्दै लगायतका नारा लगाउंदै मशाल जुलुसले बजार परिक्रमा गरि ट्राफिक चोकमा कोणसभा गरिएको थियो ।उक्त कोणसभामा नेकपा बिप्लबका नेता मीन प्रशाद पोख्रेलले बोल्नु भएको थियो ।
त्यसैगरी प्रदेश १को राजधानी मोरङको बिराटनगरमा र पथरिमा विभिन्न नाराबाजी गर्दै अलग अलग मशाल जुलुस प्रदर्शन गरिएको जानकारी प्रदेश सेक्रेटरी सिताराम बुढाथोकीले दिनु भएको छ ।
त्यसै गरि सुनसरीको धारान,झापाको दुई स्थान र भोजपुर लगायत अन्य जिल्लामा मशाल जुलुस सहित कोणसभामा सम्पन्न भएको समाचार प्राप्त भएको छ ।