फागुन ८ काठमान्डौ ।
एमसीसी संझौता सम्वन्धमा देश र जनताल सडकबाट यसको खारेजीको माग गरिरहेका तर ससदमा रहेका एक दुई साना दल( नेपाल मजदुर र राजमो)बाहेक अरुहरुको अमेरिकी साम्राज्यवादका अगाडि आत्मसमर्पणको अवस्था देखिदै गएको समयमा यही सेरोफेरोमा मार्क्सवादी एकता अभियान नेपालका संयोजक डा. शम्भु कट्टेलव्दारा एमसीसीवारे वक्तव्य जारी गरी उक्त अभियानको धारणा स्पष्ट पार्ने काम गर्नु भएको छ । वक्तव्यको पूर्णपाठ तल दियएको छः
वक्तव्य
एमसीसी संझौता संबन्धमा नेपाली सत्ताधारीदलहरु र तिनको सरकारको निकम्मापनले ल्याएको नेपाल–केन्द्रित शक्ति राष्ठ्रहरुको टकराव दुर्भाग्यपूर्ण !
विगतका कैयौं असमान संझौताहरुबाट पाएको तीतो अनुभव छंदाछंदै, नेपालको संबिधानले नदिंदा नदिंदै, नेपालको बिजुलीको आवश्यकता अनुरुप छैन भन्ने जान्दा जान्दै, संझौताको योजना बाहुनलाई हात्तीदान साबित हुन्छ भन्ने देख्दा देख्दै, नेपालको असंलग्न परराष्ठ्र नीति अनुरुप छैन भन्ने प्रष्ठ हुंदाहुंदै र नेपाली शान्ति र सुरक्षा खलबलिने शंका हुंदाहुंदै आत्मनिर्भर राष्ठ्रीय अर्थतंत्रको अवधारणा विपरीत बिदेशी सहायता, बिदेशी शक्ति र कमीशनमुखी चिन्तनको परिणाम स्वरुप सत्ताधारी दलहरुका नेताहरुबाट वीना राष्ठ्रीय बहस र पूर्वयोजना गुपचुप गरेर एमसीसी प्याक्ट नेपाल नामको जुन संझौताहरु गर्यो त्यसले आज बिदेशीबाट फोनबाटै दबाव वा धम्की मात्र होइन, शक्तिराष्ट्रहरुको नेपाल–केन्द्रित टकराव पनि देख्न परेको छ । यो सो संझौताले नेपालको शान्ति र सुरक्षामा ल्याउने स्वाभाविक गडबडीको पूर्व संकेत हो र दुर्भाग्यपूर्ण छ ।
नेपालले समयमै यस्तो पेन्डुरा बक्समा हात हाल्नु भन्दा नहाल्नु नै बेश छ, पचपन्न अरब ठूलो रकम होइन, भ्रष्टाचार रोके र उठाउन पर्नेहरुसंग बक्यौता कर मात्रै उठाए पनि कैयौं गुणा बढी रकम उठ्छ । बिदेशीको प्रवेश, निगरानी, लेखा आदि धेरै कुरामा बिदेशीको हात माथि राखिएको, देशभित्र बिजुलीको किफायती आपूर्तिको लागि नेपालको प्राथमिकताको भौगोलिक क्षेत्रमा प्रसारण लाइन नजाने, बिबादग्रस्त, वस्तीहरुको पुनर्वास र जग्गा अधिकरण गर्नु पर्ने यस्तो योजनाको योजना अबधि लम्बिएर लागत खर्च अत्यधिक बढ्ने र निर्यातित बिजुलीको उचित मूल्य पाइन्छ भन्ने सुनिश्चिततासम्म पनि नभएको र बिदेशी शक्तिहरुको टक्कर निम्त्याउने यो योजनाबाट कतिपय देशहरु पन्छिए जस्तै समयमै पन्छिएर असंलग्न छिमेकी संबन्ध बनाउनु नै श्रेयस्कर छ ।
डा. शम्भु कट्टेल
संयोजक
माक्र्सवादी एकता अभियान नेपाल
८ फागुन २०७८