राष्ट्रघाती एमसीसी सम्झौताको खारेजीका लागि भएको विशाल जुलुस सहितको विरोध कार्यक्रम कास्की जिल्लाको पोखरामा भब्यरुपमा सम्पन्न

राष्ट्रघाती एमसीसी सम्झौताको खारेजीका लागि भएको विशाल जुलुस सहितको विरोध कार्यक्रम कास्की जिल्लाको पोखरामा भब्यरुपमा सम्पन्न

फागुन ६ पोखरा ।
२०७८ फागुन ०६ गते शुक्रबार राष्ट्रघाती एमसीसी सम्झौताको खारेजीका लागि भएको विशाल जुलुस सहितको विरोध कार्यक्रम कास्की जिल्लाको पोखरामा भब्यरुपमा सम्पन्न भएको छ । कास्की जिल्लामा कार्यरत राजनीतिक दलहरुको संयुक्त बिरोध कार्यक्रममा बोल्दै नेकपा (क्रान्तिकारी माओवादी)का प्रदेश सेक्रेटरी केश वहादुर परियारले यो राष्ट्रघाती एमसीसी सम्झौताको खारेज गर्नका लागि सम्पूर्ण देशभक्त, राष्ट्रवादी आम जनसमुदायहरु आन्दोलनमा एकतावद्ध भएर संघर्षमा आउन आब्हान गर्नु भयो । आज सम्मका परिवर्तनहरुमा नेपाली जनताको ठूलो साथ समर्थन भएकै कारणले गर्दा आन्दोलनले सफलता प्राप्त गर्दै आएको हो । यो राष्ट्रघाती एमसीसी सम्झौताको खारेजीका लागि पनि जनता नै उठ्नु पर्छ , तब मात्र देशलाई जोगाउन सकिन्छ ।


पोखराको लखनचोकबाट नारा जुलुस सहित विशाल र्र्याली सृजनाचोकमा पुगी बिरोध कार्यक्रम सुरु भएको थियो । नेपाल कम्युनिष्ट पार्टीका मनिश भट्टराईले सञ्चालन गर्नु भएको उक्त कार्यक्रममा राष्टिय जनमोर्चा समन्वय समिति गण्डकी प्रदेश इन्चार्ज बिक्रम थापा र नेपाल कम्युनिष्ट पार्टीका जिल्ला प्रतिनीधि अटल शर्माले बोल्नु भएको थियो ।