६ फागुन सूर्खेत ।
नेकपा(क्रान्तिकारी माओवादी)लगायत ६ दल र २ मोर्चाव्दारा राष्ट्रघाति एमसीसी सम्झौता बिरुद्व सुर्खेतमा बृहत रयाली र बिरोध कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा नेकपा(क्रान्तिकारी माओवादी)का केन्द्रिय सदस्य कृष्ण गुरुङ नेकपा सुर्खेत जिल्ला सचिव स्याम कार्की, नेकपा.केन्द्रिय सदस्य एटम बि.सि., नेकपामसालका बिष्णु शमार्, नेकपा(माओवादी केन्द्र समाजवादी पार्टी)का केन्द्रिय सदस्य कृष्ण बोहोरा लगायतका बक्ताहरुले सम्बोधन गर्नु भएको थियो ।
सो कार्यक्रमको बिरोध र्याली नारा जुलुस सहित मंगलगडि चोकबाट सुरु भै घण्टाघर हुँदै विरेन्द्र चोकमा गै शभामा परिणत भएको थियो । सो कार्यक्रमको अध्यक्षता र सन्चालन नेकपा( क्रान्तिकारी माओवादी) प्रदेश सचिवालय सदस्य तथा कालिकोट जिल्ला सचिब कर्ण बि.सि. ले गर्नु भएको थियो ।
































