सिन्धुली जिल्लाको सदरमुकाम सिन्धुलीमाडी बजारमा राष्ट्रघाती एमसीसी खारेजीको लागि कोणसभा सम्पन्न

सिन्धुली जिल्लाको सदरमुकाम सिन्धुलीमाडी बजारमा राष्ट्रघाती एमसीसी खारेजीको लागि कोणसभा सम्पन्न

फागुन ६ सिन्धुली ।
यही फागुन ६गते सिन्धुली जिल्लाको सदरमुकाम सिन्धुलीमाडी बजारमा राष्ट्रघाती एमसीसी खारेजीको लागि नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) ,नेपाल कम्युनिष्ट पार्टी (विप्लव) र देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालले जुलुस नारा सहित बजार परिक्रमा गर्दै लोकतान्त्रिक चौतारीमा कोणसभा सम्पन्न गरयो ।

उक्त कोणसभाको उद्घोषण देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका जिल्ला अध्यक्ष ढक प्रसाद देवकोटाले गर्नु भएको थियो भने नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) सिन्धुली जिल्ला समिति सेक्रेटरी सुवर्णले र नेपाल कम्युनिष्ट पार्टी (विप्लव) जिल्ला नेता शशिले संबोधन गर्दै अमेरिकी साम्राज्यवादीले सहयोगको नाममा नेपालमाथि थोपारेको राष्ट्रघाती एमसीसी जुनसुकै तरिकाले आवश्यक परे भिषण संघर्ष उठान गरी नेपालबाट रदाका लागि खारेज गर्न पर्छ भन्नुभयो ।