४ फागुन कावासोती पूर्वी नवलपरासी ।
नवलपुरमा बन्दकर्ताको प्रदर्शन प्रभावकारी रहयो । पूर्वी नवलपरासीको कावासोती १६ साविक श्री पेट्रोल पम्प निर बन्द कर्ताले टायर बालेर सडक अवरुद्ध गरे । साविक श्री अगाडि बन्दकर्ताले टायर बालेर अवरुद्ध गरेको सडक प्रहरीले निभाएको थियो ।


बन्द कर्ताले नवलपुरको ठाउँठाउँमा मुख्य चोकमा बसेर यातायात ठप्प पारे । परिणाम नवलपुरमा लामा तथा छोटो दुरीका यात्रुबाहक बस सञ्चालनमा आएनन ट्रक, मिनी ट्रक मोटरसाइकलहरु भने केही सञ्चालनमा थिए ।
नवलपुरमा बन्द कर्ता र प्रहरी बीच झडप कुटपिट गिरफ्तार केही नभएको र शान्तीपूर्ण वातावरण रहेको नवलपुर प्रहरीले जनाएको छ ।
आजको बन्दमा नेकपा(क्रान्तिकारी माओवादी), नेकपा(विप्लव), देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल लगायतका पाँच दलले एमसीसीको विरोधमा नेपाल बन्द गरेका हुन् ।
बन्दको अन्तिम कार्यक्रमका रुपमा पूर्वी नवलपरासीको कावासोतीमा कोणसभा गरी कार्यक्रमको समापन गरेका छन् । उक्त कोणसभाको संचालन नेकपा(विप्लव)का विश्वासले गरेको र उक्त कोणसभालाई नेकपा(क्रान्तिकारी माओवादी)का पिविएम अनुकुलले सम्वोधन गर्नु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर