४ फागुन उदयपुर ।
एमसीसीको विरोधमा उत्रिएका विभिन्न ६ पार्टीले आह्वान गरेको बन्दका कारण उदयपुरको जनजीविन प्रभावित बनेको छ ।
सदरमुकाम गाईघाट, कटारी, बेल्टार, रामपुर, मुर्कुची लगायत आसपासका बजार र ग्रामिण क्षेत्रका पसलहरुसमेत बिहानैदेखि ठप्प छन्। बन्दकर्ताहरु विहानैदेखि झण्डा र हातमा लाठ्ठी लिएर बजार बन्द गराउँदै हिडेपछि पसल बन्द भएका हुन् ।
लठ्ठी जुलुससहित चोकचोकमा बन्दकर्ता बसेपछि लामो तथा छोटो दुुरीका सवारी साधनसमेत ठप्प छन्। उता बन्दकर्ताले सरकारी, नीजि विद्यालय तथा क्याम्पस र उद्योग कलकारखानालाई टेलिफोनमार्फत नै बन्द गरिदिन आग्रह गरेपछि ति क्षेत्रसमेत ठप्प रहेका छन् ।।
सामान्य दुईपांग्रे सवारी र अत्यावश्यक सवारी बाहेक अन्य सबै सवारी साधन विहानैदेखि चल्न सकेको छैन्। सवारीको आवतजावत ठप्प भएपछि यात्रुहरुलाई गन्तव्यसम्म पुग्नै मुस्कील भएको छ। एमसिसी राष्ट्रघाति सम्झौता भएकाले यसको सशक्त प्रतिवाद गर्ने आन्दोलनकारीले बताए ।
आन्दोलनकारीले सत्तामोहमा रहेका नेताका लागि तत्कालका लागि फाईदा भएपनि दिर्घकालिनरुपमा सबै नेता र जनताको हितमा एमसीसी नभएको बताउँदैे भने, ‘एमसिसी स्वार्थसहित आएकाले नेताहरुले अध्ययन नै नगरी आर्थिक प्रलोभनमा परेर सम्झौता गर्न लागेकाले विभिन्न राजनीतिक दलहरु शसक्त प्रतिबादमा लागेको हो ।‘
एमसिसीको खुलेर विरोध गर्दै आएका ६ दलिय गठबन्धनमा मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी, नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, ऋषि कट्टेल नेतृत्वको नेकपा, आहुति नेतृत्वको वैज्ञानिक समाजवादी पार्टी र कर्णजित बुढाथोकी नेतृत्वको नेकपा माओवादी केन्द्र समाजवादी तथा सीपी गजुरेल नेतृत्वको देशभक्त गणतान्त्रिक मोर्चा नेपाल पार्टीले संयुक्त बन्दको आह्वन गरेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर