नवलपुरको दलदलेमा नेकपा (क्रान्तिकारी माओवादी) र नेकपाका आन्दोलनकारीहरुलाई जनताले प्रहरीको गिरफतारीबाट छुटाए 

नवलपुरको दलदलेमा नेकपा (क्रान्तिकारी माओवादी) र नेकपाका आन्दोलनकारीहरुलाई जनताले प्रहरीको गिरफतारीबाट छुटाए 

४ फागुन दलदले नवलपुर ।
नेपाल बन्दको शीलशीलामा आजको नेपाल बन्दलाई सफल पार्न नेपालको राष्ट्रिय झण्डा लिएर दलदलेमा पसलहरु बन्द गर्दै हिंडेका नेकपा (क्रान्तिकारी माओवादी) र नेकपा(विप्लव)का आन्दोलनकारीहरु काशी काफले र श्याम भुसाल लगायत ७ जनालाई प्रहरी इन्सपेक्टरको नेतृत्वमा आएको टोलीले गिरफतार गरेर गाडीमा राख्न खोज्दा त्यही वोरपरीका ४०—५० जना मानिस आईृ उहाँहरुले नेपालको राष्ट्रिय झण्डा लिएर आन्दोलनमा सहयोग र समर्थन गर्न भन्दै हिडनु भाछ, यसो गर्दा किन गिरफतार गर्ने उहाँहरुलाइृ छाडिदिनुस भनेर गाडि घेरा हालेर प्रहरीमाथि दवाव दिएपछि अन्त्यमा उहाँहरुलाई छुटाएछन् ।
आन्दोलनको क्रममा नवलपुरको हाइवेएको ७ स्थानमा टायर बालेर रोड अवरोध गरियो, यातायात चलेनन ।
नेकपा (क्रान्तिकारी माओवादी)का पिविएम अनुकुलले सो जानकारी दिनु भयो ।