काठमाडौं । २७ औं जनयुद्ध दिवसको अवसरमा नेकपा (क्रान्तिकारी माओवादी)ले एक ऐतिहासिक वक्तव्य जारी गरेको छ । वक्तव्यमा नेपालको राष्ट्रिय स्वाधीनता, जनतन्त्र र जनजीविकाको भयावह स्थितिको चित्रण गर्दै वर्तमान परिस्थितिमा नयाँ जनवादी क्रान्ति अनिवार्य आवश्यकता बन्न गएको तथ्य स्पष्ट भएको कुरा उल्लेख गरिएको छ । र, स्वतन्त्र रुपमा क्रियाशील क्रान्तिकारी समूहहरु, अहिलेसम्म पनि भ्रमबस अवसरवादी तथा संशोधनवादी पार्टीमा रहेका क्रान्तिकारीहरु र स्वतन्त्र व्यक्तित्वहरुलाई क्रान्तिको प्रक्रियामा ध्रुवीकृत तथा एकीकृत भई अगाडि बढ्न विशेष आह्वान गरिएको छ ।


पार्टी महासचिव मोहन वैद्य किरणले जारी गर्नुभएको वक्तव्यमा जनयुद्ध सुरु गरेको दिनको स्मरण गर्दै भनिएको छ, “ आज २०७८ फागुन १ गते सत्ताइसौं जनयुद्ध दिवस हो । हाम्रो पार्टीले आज विभिन्न प्रकारका कार्यक्रमहरुको आयोजना गरी देशभरि महान् जनयुद्ध दिवस मनाउन गइरहेको छ । सर्वप्रथम यस ऐतिहासिक दिनमा हामीले नेपाली क्रान्तिको प्रक्रियामा जीवन बलिदान गर्ने सम्पूर्ण अमर सहिदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौं, बेपत्ता र घाइते तथा अपाङ्ग योद्धाहरुप्रति हार्दिक सम्मान व्यक्त गर्दछौं । साथै, यस अवसरमा देश र जनताको मुक्तिका निमित्त नेपाली जनताले देखाएको त्याग, वीरता, साहस तथा बलिदानका उच्च कीर्तिमानहरुको संस्मरण गर्दै हाम्रो पार्टी सहिद तथा बेपत्ता योद्धाका परिवारजन, सम्पूर्ण पार्टी सदस्य कमरेडहरु, समर्थक तथा शुभचिन्तक जनसमुदाय एवम् अन्तर्राष्ट्रिय भाइचारा पार्टीहरु लगायत विश्व सर्वहारा वर्गप्रति हार्दिक शुभकामना सहित लाल अभिवादन गर्दछ ।”


मुख्य नेतृत्वको धोका र गद्दारीका कारण जनयुद्धले धक्का खाएको र प्रतिक्रान्ति हावी हुन पुगेको प्रसंगबारे उल्लेख गर्दै वक्तव्यमा भनिएको छ, “आज भन्दा छब्बिस वर्ष पहिले तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (माओवादी)को नेतृत्वमा आन्तरिक रुपमा दलाल तथा नोकरशाही पुँजीवाद एवम् सामन्तवादको शोषण तथा उत्पीडन र बाह्य रुपमा साम्राज्यवाद तथा भारतीय विस्तारवादको हस्तक्षेपका विरुद्ध नेपालमा नयाँ जनवादी राज्यसत्ताको स्थापना गरी वैज्ञानिक समाजवाद र साम्यवाद तर्फको मार्ग प्रसस्त गर्न महान् जनयुद्धको थालनी गरिएको थियो । छोटै समयमा उक्त जनयुद्ध जनमुक्ति सेनाको निर्माण, देशको विशाल ग्रामीण भूभागमा जनसत्ताको स्थापना र जनसरकारको गठन गर्दै विश्वभरि सर्वहारा क्रान्तिको नयाँ सन्देश प्रवाहित गर्न सफल भएको थियो । तर, आज पार्टीको मूल नेतृत्वमा पैदा भएको दक्षिणपन्थी नवसंशोधनवादी विचलनका कारण क्रान्तिप्रति गद्दारी भएको छ, क्रान्ति प्रतिक्रान्तिमा बदलिएको छ र महान नेपाली जनयुद्ध इतिहास बनेको छ । हिजोका क्रान्तिका मूल नायक आज त्यही पुरानो प्रतिक्रियावादी सत्ता, उही संसदीय व्यवस्था र जनविरोधी संविधानका रक्षक बनेका छन् । यो दुःखद यथार्थ हो ।”


देशको स्वाधीनता, जनतन्त्र र जनजीविकाको भयावह र संकटपूर्ण स्थितिको चित्रण गर्दै वक्तव्यमा भनिएको छ, “ नेपालमा लोकतान्त्रिक गणतन्त्रको स्थापना भएपछि पनि मजदुर, किसान, महिला, आदिवासी जनजाति, मधेशी, मुुस्लिम लगायत आम उत्पीडित नेपाली जनताले जनतान्त्रिक अधिकारहरुको प्रयोग गर्न पाएका छैनन्, बरु प्राप्त सिमित अधिकारहरु पनि क्रमशः खोसिंदै जान थालेका छन् । बढ्दो बेरोजगारी र आकाशिंदो महङ्गीका कारण मानिसलाई जीवन धान्न नै धौ धौ भएको छ । देशको राष्ट्रिय स्वाधीनता एक पछि अर्को गरी गंभीर खतरामा पर्दै गएको छ । हिन्द–प्रशान्त रणनीतिको अङ्ग रहेको एमसीसी परियोजनालाई नेपालको संसदबाट अनुमोदन गराउन अमेरिकी साम्राज्यवादी शासकहरुले संसदवादी पार्टीका नेताहरुलाई फोन तथा विभिन्न संचार माध्यमबाट धम्की दिन थालेका छन् । लिम्पियाधुरा, कालापानी र लिपुलेक कब्जागरेर बसेका भारतीय विस्तारवादी शासकहरुले नेपाली भूमिमा सडक निर्माण र विस्तार गरेको खुला घोषणा गर्दा पनि त्यसबारे सामान्य कूटनैतिक विरोधसम्म पनि नगरेर तिनिहरु भारतीय विस्तारवादी शासक वर्गका सामु लम्पसार परेका छन् । वस्तुतः नेपालका संसदवादी पार्टीका शीर्ष नेताहरु नै देशको औपनिवेशीकरण गर्ने प्रक्रियामा साम्राज्यवाद तथा विस्तारवादका भरपर्दा मतियार बन्न पुगेका छन् । यसरी देश दिन प्रतिदिन पराधीन हुँदैै गएको छ ।”

नेपालमा नेपालमा संसदीय व्यवस्था र त्यसका प्रमुख तीनओटै अङ्गहरु व्यवस्थापिका, कार्यपालिका तथा न्यायपालिका समेत सबै अस्तव्यस्त बनेको, देशको आर्थिक अवस्था झनझन जर्जर र संकटग्रस्त हुँदै गएको र, लोकतन्त्रवादी र संशोधनवादी कम्युनिस्ट पार्टीहरु सबै असफल सावित भएको स्थितिले नेपालमा नयाँ जनवादी क्रान्ति अनिवार्य आवश्यकता बन्न गएको तथ्य स्पष्ट गरेको कुरा उल्लेख गर्दै वक्तव्यमा भनिएको छ, “ यतिबेला नेपाली क्रान्तिले धक्का अवश्य खाएको छ, तर क्रान्तिको प्रक्रिया रोकिएको छैन । विश्व सर्वहारा वर्गले क्रान्तिको प्रक्रियामा विगतमा आर्जन गरेका सकारात्मक तथा नकारात्मक अनुभवहरुबाट पाठ सिक्दै, माक्र्सवाद–लेनिनवाद–माओवादलाई नेपाली विशेषतामा सिर्जनात्मक ढङ्गले प्रयोग गर्दै हाम्रो पार्टी नेपालमा नयाँ जनवादी राज्यसत्ता स्थापनाका लागि क्रान्तिको तयारीमा जुटेको छ । महान् जनयुद्धको सत्ताइसौं वार्षिकोत्सवको यस अवसरमा हाम्रो पार्टी स्वतन्त्र रुपमा क्रियाशील क्रान्तिकारी समूहहरु, अहिलेसम्म पनि भ्रमबस अवसरवादी तथा संशोधनवादी पार्टीमा रहेका क्रान्तिकारीहरु र स्वतन्त्र व्यक्तित्वहरुलाई क्रान्तिको प्रक्रियामा ध्रुवीकृत तथा एकीकृत भई अगाडि बढ्न विशेष आह्वान गर्दछ ।”

यस्तो छ प्रेस वक्तव्यको पूर्णपाठ ः

जनयुद्ध दिवसको उपलक्ष्यमा प्रेस–वक्तव्य

आज २०७८ फागुन १ गते सत्ताइसौं जनयुद्ध दिवस हो । हाम्रो पार्टीले आज विभिन्न प्रकारका कार्यक्रमहरुको आयोजना गरी देशभरि महान् जनयुद्ध दिवस मनाउन गइरहेको छ । सर्वप्रथम यस ऐतिहासिक दिनमा हामीले नेपाली क्रान्तिको प्रक्रियामा जीवन बलिदान गर्ने सम्पूर्ण अमर सहिदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौं, बेपत्ता र घाइते तथा अपाङ्ग योद्धाहरुप्रति हार्दिक सम्मान व्यक्त गर्दछौं । साथै, यस अवसरमा देश र जनताको मुक्तिका निमित्त नेपाली जनताले देखाएको त्याग, वीरता, साहस तथा बलिदानका उच्च कीर्तिमानहरुको संस्मरण गर्दै हाम्रो पार्टी सहिद तथा बेपत्ता योद्धाका परिवारजन, सम्पूर्ण पार्टी सदस्य कमरेडहरु, समर्थक तथा शुभचिन्तक जनसमुदाय एवम् अन्तर्राष्ट्रिय भाइचारा पार्टीहरु लगायत विश्व सर्वहारा वर्गप्रति हार्दिक शुभकामना सहित लाल अभिवादन गर्दछ ।

आज भन्दा छब्बिस वर्ष पहिले तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (माओवादी)को नेतृत्वमा आन्तरिक रुपमा दलाल तथा नोकरशाही पुँजीवाद एवम् सामन्तवादको शोषण तथा उत्पीडन र बाह्य रुपमा साम्राज्यवाद तथा भारतीय विस्तारवादको हस्तक्षेपका विरुद्ध नेपालमा नयाँ जनवादी राज्यसत्ताको स्थापना गरी वैज्ञानिक समाजवाद र साम्यवाद तर्फको मार्ग प्रसस्त गर्न महान् जनयुद्धको थालनी गरिएको थियो । छोटै समयमा उक्त जनयुद्ध जनमुक्ति सेनाको निर्माण, देशको विशाल ग्रामीण भूभागमा जनसत्ताको स्थापना र जनसरकारको गठन गर्दै विश्वभरि सर्वहारा क्रान्तिको नयाँ सन्देश प्रवाहित गर्न सफल भएको थियो । तर, आज पार्टीको मूल नेतृत्वमा पैदा भएको दक्षिणपन्थी नवसंशोधनवादी विचलनका कारण क्रान्तिप्रति गद्दारी भएको छ, क्रान्ति प्रतिक्रान्तिमा बदलिएको छ र महान नेपाली जनयुद्ध इतिहास बनेको छ । हिजोका क्रान्तिका मूल नायक आज त्यही पुरानो प्रतिक्रियावादी सत्ता, उही संसदीय व्यवस्था र जनविरोधी संविधानका रक्षक बनेका छन् । यो दुःखद यथार्थ हो ।

नेपालमा लोकतान्त्रिक गणतन्त्रको स्थापना भएपछि पनि मजदुर, किसान, महिला, आदिवासी जनजाति, मधेशी, मुुस्लिम लगायत आम उत्पीडित नेपाली जनताले जनतान्त्रिक अधिकारहरुको प्रयोग गर्न पाएका छैनन्, बरु प्राप्त सिमित अधिकारहरु पनि क्रमशः खोसिंदै जान थालेका छन् । बढ्दो बेरोजगारी र आकाशिंदो महङ्गीका कारण मानिसलाई जीवन धान्न नै धौ धौ भएको छ । देशको राष्ट्रिय स्वाधीनता एक पछि अर्को गरी गंभीर खतरामा पर्दै गएको छ । हिन्द–प्रशान्त रणनीतिको अङ्ग रहेको एमसीसी परियोजनालाई नेपालको संसदबाट अनुमोदन गराउन अमेरिकी साम्राज्यवादी शासकहरुले संसदवादी पार्टीका नेताहरुलाई फोन तथा विभिन्न संचार माध्यमबाट धम्की दिन थालेका छन् । लिम्पियाधुरा, कालापानी र लिपुलेक कब्जागरेर बसेका भारतीय विस्तारवादी शासकहरुले नेपाली भूमिमा सडक निर्माण र विस्तार गरेको खुला घोषणा गर्दा पनि त्यसबारे सामान्य कूटनैतिक विरोधसम्म पनि नगरेर तिनिहरु भारतीय विस्तारवादी शासक वर्गका सामु लम्पसार परेका छन् । वस्तुतः नेपालका संसदवादी पार्टीका शीर्ष नेताहरु नै देशको औपनिवेशीकरण गर्ने प्रक्रियामा साम्राज्यवाद तथा विस्तारवादका भरपर्दा मतियार बन्न पुगेका छन् । यसरी देश दिन प्रतिदिन पराधीन हुँदैै गएको छ ।

नेपालमा संसदीय व्यवस्था र त्यसका प्रमुख तीनओटै अङ्गहरु व्यवस्थापिका, कार्यपालिका तथा न्यायपालिका समेत सबै अस्तव्यस्त छन् । देशको आर्थिक अवस्था झनझन जर्जर र संकटग्रस्त हुँदै गएको छ । लोकतन्त्रवादी र संशोधनवादी कम्युनिस्ट पार्टीहरु सबै असफल सावित भएका छन् । यसले नेपालमा नयाँ जनवादी क्रान्ति अनिवार्य आवश्यकता बन्न गएको तथ्य स्पष्ट गर्दछ ।
यतिबेला नेपाली क्रान्तिले धक्का अवश्य खाएको छ, तर क्रान्तिको प्रक्रिया रोकिएको छैन । विश्व सर्वहारा वर्गले क्रान्तिको प्रक्रियामा विगतमा आर्जन गरेका सकारात्मक तथा नकारात्मक अनुभवहरुबाट पाठ सिक्दै, माक्र्सवाद–लेनिनवाद–माओवादलाई नेपाली विशेषतामा सिर्जनात्मक ढङ्गले प्रयोग गर्दै हाम्रो पार्टी नेपालमा नयाँ जनवादी राज्यसत्ता स्थापनाका लागि क्रान्तिको तयारीमा जुटेको छ । महान् जनयुद्धको सत्ताइसौं वार्षिकोत्सवको यस अवसरमा हाम्रो पार्टी स्वतन्त्र रुपमा क्रियाशील क्रान्तिकारी समूहहरु, अहिलेसम्म पनि भ्रमबस अवसरवादी तथा संशोधनवादी पार्टीमा रहेका क्रान्तिकारीहरु र स्वतन्त्र व्यक्तित्वहरुलाई क्रान्तिको प्रक्रियामा ध्रुवीकृत तथा एकीकृत भई अगाडि बढ्न विशेष आह्वान गर्दछ ।

क्रान्तिकारी अभिवादन सहित !
मिति ः २०७८ फागुन १

किरण
महासचिव
नेकपा (क्रान्तिकारी माओवादी)”

प्रतिक्रिया

सम्बन्धित खवर