
२८ माघ काठमाडौं ।
नेपालमा थप १,१२८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घन्टामा २० हजार नौ सय ८९ वटा नमुना परीक्षण गर्दा एक हजार एक सय २८ जनामा कोरोना पोजेटिभ देखिएको मन्त्रालयले जानकारी दिएको छ ।
गत २४ घण्टामा कोरोना संक्रमणबाट थप १४ जनाको मृत्यु भएको छ । यससँगै हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ८७८ पुगेको छ ।
शुक्रबार २ हजार २१५ जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
हाल देशभर २७ हजार ४ सय ४१ जना सक्रिय संक्रमित छन्। गत २४ घण्टामा १७ हजार ४४७ पीसीआर तथा ३ हजार ५ सय ४२ एन्टिजेन परीक्षण भएको छ ।































