२८ माघ सिन्धुली ।

नेकपा (क्रान्तिकारी माओवादी)मा सम्वद्ध अखिल (क्रान्तिकारी)मा ‘विप्लव नेकपा निकट विद्यार्थी संगठनका अध्यक्षसहित सिंगो सिन्धुली जिल्ला कमिटी   नै पुनर्मिलन क्रार्यक्रमबाट समाहित भएका छन ।

नेकपा (क्रान्तिकारी माओवादी)को जिल्ला पार्टी र विद्यार्थी संगठनले आज आयोजना गरेको पुनर्मिलन कार्यक्रम मार्फत विप्लवका विद्यार्थी नेताहरूलाइ ध्रुवीकृत गरीएको हो ।

उहाँहरुलाई क्रान्तिकारी माओवादीका स्थायी समिती सदस्य तथा देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका अध्यक्ष सीपी गजुरेलले र अखिल क्रान्तिकारीका अध्यक्ष हरिकृष्ण गजुरेलले अविर र खादा ओढाएर पार्र्टीमा स्वागत गर्नुभएको थियो ।

त्यस्तै विप्लवको पार्टीमा आवद्ध सिन्धुली जिल्लाका विद्यार्थी नेता कार्यकर्ताहरूले क्रान्तिकारी माओवादी सम्वद्ध अखिल (क्रान्तिकारी)मा पुनर्मिलन कार्यक्रम गरेर संगठनमा प्रवेश गरेका छन् ।

उक्त कार्यक्रममा प्रमुख आतिथ्यता क्रान्तिकारी माओवादीका स्थायी समिति सदस्य सीपी गजुरेलले गर्नु भएको थियो भने कार्यक्रमको अध्यक्षता सिन्धुली जिल्ला पार्टी इन्चार्ज तथा पार्टीका केन्द्रिय सदस्य जीवनले गर्नु भएको थियो ।

त्यस्तै अतिथिमा अखिल (क्रान्तिकारी)का केन्द्रीय अध्यक्ष हरिकृष्ण गजुरेल , बागमती प्रदेश सल्लाहकार इन्दिरा अधिकारी, अखिल (क्रान्तिकारी)की केन्द्रीय उपाध्यक्ष शिलु न्यौपानेलगायत थिए । त्यस्तै कार्यक्रको संञ्चालन जिल्ला सचिव सुवर्णले गर्नु भएको थियो भने स्वागत मन्तव्य देजमो जिल्ला अध्यक्ष ढक प्रसाद देवकोटाले गर्नु भएको थियो ।

त्यस्तै पुनर्मिलनमा सहभागी विद्यार्थी संगठनका तर्फबाट हेमराज बशेलले मन्तव्य राख्नु भएको थियो ।

उक्त पुनर्मिलन कार्यक्रममा विद्यार्थी र पार्र्टीका नेताहरूको बाक्लो उपस्तिथि रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर