नेकपा (क्रान्तिकारी माओवादी) चितवन जिल्लाले यो वर्षको जनयुद्ध दिवस(फागुन १ गते) लाई राष्ट्रिय स्वाधिनताको आन्दोलनको रुपमा मनाउने निर्णय

नेकपा (क्रान्तिकारी माओवादी) चितवन जिल्लाले यो वर्षको जनयुद्ध दिवस(फागुन १ गते) लाई राष्ट्रिय स्वाधिनताको आन्दोलनको रुपमा मनाउने निर्णय

फागुन २८ चितवन ।
नेकपा (क्रान्तिकारी माओवादी)को हालै सम्पन्न स्थायी समितिको बैठकले फागुन १ गतेको जनयुद्ध दिवस र फागुन–१४ देखि २१ गतेसम्मको सहिद सप्ताह विभिन्न कार्यक्रम गरी भव्य रुपमा मनाउने निर्णय गरेअनुसार नेकपा (क्रान्तिकारी माओवादी) चितवन जिल्लाले यो वर्षको जनयुद्ध दिवस(फागुन १ गते) लाई राष्ट्रिय स्वाधिनता (एमसीसी खारेज)को आन्दोलनको रुपमा मसाल जुलुस गर्ने र २ गते भारतीय विस्तारवादले कब्जा गरेका नेपाली भूभागहरु फीर्ता ल्याउने काममा नेपालका प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका अगाडि आत्मसमर्पण गरेकाले त्यसका विरुद्ध नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहन गरिने कार्यक्रम तय गरिएको नेकपा (क्रान्तिकारी माओवादी) का केन्द्रीय सदस्य तथा चितवन जिल्ला इन्चार्ज घननाथ सापकोटा(
नेकपा (क्रान्तिकारी माओवादी)को हालै सम्पन्न स्थायी समितिको बैठकले जनयुद्धले उठाएका राजनीतिक मुद्दाहरु अर्थात् राष्ट्रियता, जनतन्त्र र जनजीविकाका समस्याहरु सामाधान नभएको र अझ विकराल बन्दै गएको अवस्थामा जनयुद्ध दिवस र बलिदान दिवसलाई प्रमुखताका साथ मनाउँदै भारतीय विस्तारवादले कब्जा गरेका नेपाली भूभागहरु र अमेरिकी सम्राज्यवादले नेपालमाथि सहयोगको नाममा लादेको एमसीसीको खारेजका लागि क्रान्तिकारी माओवादीले निरन्तर क्रान्तिको उद्घोष गर्दै आएको छ र भविश्यका लागि पनि अनत्यसम्म यी मुददालाई उठाउँदै आन्दोलनको आँधीवेहरी ल्याउने निर्णय गरेको छ