उदयपुर,गाईघाट । एमसीसी सम्झौता खारेजीको माग गर्दै ६ दलीय मोर्चाको कम्युनिस्ट घटकहरुले बुधबार दोस्रो दिन पनि उदयपुरको सदरमुकाम गाईघाटमा बिरोध सभा सम्पन्न गरेको छ ।


क्रान्तिकारी माओवादीका जिल्ला सेक्रेटरी शंकर पौडेलको सभापतित्वमा र नेकपा विप्लवका अमृतको संचालनमा भएको उक्त कार्यक्रममा नेकपा (क्रान्तिकारी माओवादी) का इन्चार्ज मोहन सिंह तामाङ ,नेकपा बिप्लबका केस बिबेक कुमाल, नेकपा मालेका केस राम प्रसाद चौंलागाइ ,बैज्ञानिक समाजबादी कम्युनिस्ट पार्टीका केस गोकुल चाम्लिङ, नेकपाका नेता रामलाल तामाङ, माओबादी मजदुर किसान पार्टीका जगत कटुवालले बोल्नु भएको थियो ।


उक्त कार्यक्रममा अन्याय र भ्रष्टाचारको अन्त्यको लागि र जनताको जनबादी राज्य ब्यबस्थाको लागि क्रान्तिकारिहरु गोलबन्द हुँदै बिद्रोह र बलिदानको लागि तयार हुनुपर्ने बताउंदै राष्ट्रघाती एमसीसीको खारेजीको लागि अब आम जनता सडकमा उत्रनु पर्ने बताएका थिए । त्यसैगरी उनीहरुले दलाल संसदीय ब्यबस्था अब धेरै दिन टिक्न नसक्ने र यो ब्यबस्था असफल भइसकेको ठोकुवा गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर