नवलपरासी – अमेरिकी मिलेनियम च्यालेन्ज कर्पाेरेशन (एमसिसी) सम्झौता पास गरे संसदवादी दल र ती दलका दलालहरुलाई जनकारबाही गर्ने चेतावनी दिइएको छ । एमसिसी सम्झौता नेकपा (क्रान्तिकारी माओवादी ) सहित ६ दलले पश्चिम नवलपरासीको भ्ुमहीमा बुधवार आयोजित बिरोध कार्यक्रमका बक्ताले उक्त कुरामा जोड दिएका हुन ।
कार्यक्रममा क्रान्तिकारी माओवादीका प्रदेश सदस्य क्षेत्र बहादुर थापा क्षेत्रीले एमसीसी पास गर्न तम्तयार संसदवादी दलका नेतालाई उनीहरुका कार्यकर्ताले नै लखेटनुपर्ने बताउनुभयो । अखिल नेपाल राष्ट्रिय शिक्षक संगठनका सचिवालय सदस्य तथा प्रदेश संयोजक समेत रहनुभएका उहाँले एमसीसी परियोजना तुरुन्त खारेजी गर्नुपर्ने औल्याउनुभयो ।
कार्यक्रममा देशभक्त जनगणतान्त्रिक मोर्चाको तर्फबाट मन्तब्य राख्दै क्रान्तिकारी पत्रकार महासंघका महासचिव रवि पाण्डेयले एमसीसी लागु गर्ने दलाल र अमेरिकी साम्राज्यवादलाई जनताले भ्याकुर लखेटे जस्तै लखेट्ने चेतावनी दिनुभयो । उहाँले युरेनियन कब्जा गर्न अमेरिकीहरु लागि परेको चर्चा गर्दै राष्ट्रघाती एमसीसी खारेजीको अभियानमा सबै तह र तप्का लाग्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा विप्लव नेकपाका विशेष जिल्ला सदस्य गंगा प्रसाद ज्ञवालीले एमसिसी सम्झौता नेपाली जनता र राष्ट्रको अहितमा रहेको कुरा स्पष्ट पार्नुभयो ।  जनताले नचाहँदा नचाहँदै जबर्जस्ती एमसिसी सम्झौता पारित गरिन्छ भने जनताले त्यसको सशक्त प्रतिरोध गरेरै छाड्ने उद्घोष गर्नुभयो ।

त्यसैगरी राष्ट्रिय जनमोर्चाका नेता तिलक सुबेदीले एमिसी अमेरिकी सैन्य रणनीति अन्तर्गतको कार्यक्रम भएकोले नेपाल र नेपालीको हितमा नभएकोले स्वीकार गर्न नसकिने बताउनुभयो। उहँले ले एमसिसी मुलुकलाई विभाजन गर्ने र भावी सन्ततिले दुख पाउने भन्दै यो कुनै अनुदान नभई लगानी भएकोले जानि जानी मृत्युको बोलाउन नहुने भन्दै जनताले सशक्त प्रतिरोध गर्नुपर्ने बताउनुभयो। 

नेकपा मसालका जिल्ला प्रबक्ता धनपति सापकोटाले नेपालमा गरिने काम भारतलाई सोधेर गर्ने रणनीति कार्यक्रम कसरी स्वीकार गर्न सकिन्छ भनेर प्रश्न गर्दै उहाँले केही देशको उदाहरण दिदै एमसिसी सम्झौताले भावी सन्तति असुरक्षित रहेको र अमेरिकी सेनाको अखडा बन्ने बताउनुभयो ।

नेकपा माक्र्सवादी पुष्पलालका राष्ट्रिय परिषद सदस्य टोपेन्द्र नेपालले एमसिसी भित्राउने दलालका विरुद्ध सम्पूर्ण जनता एकजुट हुनुपर्ने बताउदै राष्ट्रघाती सम्झौता गर्नेलाई जरै देखि उखालेर फाल्नु पर्ने बताउनुभयो ।

सभा अघिको ¥यालीमा एमसिसी चाहिँदैन देश बेच्न पाइँदैन, एमसिसी सम्झौता खारेज गर,पेट्रोलियम पदार्थको मुल्य वृद्धि खारेज गर,एमसिसीमा मतियारहरु होसियार,अमेरिकी साम्राज्यवाद मुर्दावाद,भारतीय विस्तारवाद सिमा अतिक्रमण बन्द गर जस्ता नाराहरू लगाइएका थिए।

कार्यक्रमको सञ्चालन नेकपा जिल्ला सदस्य दुर्गा बस्यालले गर्नु भएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर