प्युठानको खलंगामा राष्ट्रघाती एमसीसी सम्झौताको खारेजीका लागि भएको बिरोध कार्यक्रम सम्पन्न

प्युठानको खलंगामा राष्ट्रघाती एमसीसी सम्झौताको खारेजीका लागि भएको बिरोध कार्यक्रम सम्पन्न


२६ माघ खलंगा ।
आज माघ २६ गते राष्ट्रघाती एमसीसी सम्झौताको खारेजीका लागि भएको बिरोध कार्यक्रम प्युठानको खलंगामा सम्पन्न भएको छ । जिल्लामा कार्यरत कार्यगत एकतामा सम्मिलित चारवटा राजनीतिक दलहरुको संयुक्त बिरोध कार्यक्रममा बोल्दै नेकपा (क्रान्तिकारी माओवादी) का पिविएम धनेश्वर पोख्रेलले यो राष्ट्रघाती एमसीसी सम्झौताको खारेजी र राष्ट्रिय स्वाधीनता रक्षा गर्नका लागि सम्पूणर् देशभक्त, वामपन्थी, राष्ट्रवादी शक्ति, र व्यक्तित्वहरुलाई आन्दोलनलाई सफल पार्न एकतावद्ध भएर संघर्षमा आउन आब्हान गर्नु भयो ।


नेकपा(मसाल)का रामबहादुर पहाडीले सञ्चालन गरेको उक्त कार्यक्रममा बोल्ने अन्य वक्ताहरुमा राजमोका कृष्ण बहादुर खडका., नेपाल कम्युनिष्ट पार्टीका दलबहादुर केस (जागृत), नेकपा(माले(का तेजविक्रम के.सी.हुनुहुन्थ्यो ।
प्युठानको खलंगाको जिप्रका अगाडिको चोकमा सम्पन्न कोणसभाको अन्त्यमा राष्ट्रियताको पक्षमा, एमसीसीको खारेजका लागि र महंगीका विरुद्ध नाराहरु लगाइएका थिए ।