
काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी)का पोलिटब्यूरो सदस्य केशर बहादुर गुरुङकी जीवनसंगिनीप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरेको छ । प्युुठान जिल्ला, सरुमारानी–२, दरभाङ निवासी कमरेड यानी गुुरुङको गत भदौ १४ गतेदेखि विभिन्न अस्पतालमा रही उपचार गर्दै आउने क्रममा आज बिहान ५ बजे ६० वर्षको अल्पायुमै काठमाण्डुु सिनामङ्गलको के.एम.सी. अस्पतालमा भएको दुुःखद तथा असामयीक निधनप्रति दुःख व्यक्त गर्दै श्रद्धाञ्जली व्यक्त गरिउको छ ।
पार्टी महासचिव मोहन वैद्य किरणले जारी गर्नुभएको श्रद्धाञ्जली वक्तव्यमा भनिएको छ, “मुुटुु, फोक्सो र किड्नीको समस्याले पीडित उहाँ हाम्रो पार्टीका पोलिटब्यूूरो सदस्य कमरेड केसर बहादुर गुरुङको जीवन संगिनी हुनुहुन्थ्यो । सक्रिय राजनीतिमा नरहे पनि एउटा पार्टी सदस्यको हैसियतमा उहाँले आफ्नो जिम्मेवारी पुरा गर्दै आउनु भएको थियो । उहाँका दुुई छोरी र दुुई छोरा हुनुहुन्छ । हामी उहाँको निधनबाट अत्यन्तै दुःखित भएका छौं । दःुुखको यस घडीमा हाम्रो पार्टी कमरेड यानी गुरुङप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ र कमरेड केसर गुरुङ सहित उहाँका शोकसन्तप्त परिवारजन, साथीभाई तथा इष्टमित्र सबैमा हार्दिक समवेदना व्यक्त गर्दछ ।”
