राष्ट्रघाती एमसीसी सम्झौताको खारेजका लागि सिन्धुलीमा विरोध कार्यक्रम सम्पन्न

राष्ट्रघाती एमसीसी सम्झौताको खारेजका लागि सिन्धुलीमा विरोध कार्यक्रम सम्पन्न

माघ २६ सिन्धुली ।
नेकपा(क्रान्तिकारी माओवादी), देजमो नेपाल र विप्लव नेतृत्वको नेकपाको संयुक्त सहभागितामा सिन्धुली जिल्लाको सदरमुकाम सिन्धुलीमाढीमा राष्ट्रिय स्वाधिनताको पक्षमा , पेट्रोलियम पदार्थमा भएको अत्यधिक मूल्य बृद्धिको विरोधमा र राष्ट्रघाती एमसीसी सम्झौताको खारेजका लागि जुलुस प्रदर्शन सहीत कोणसभा सम्पन्न भयो ।


उक्त कोणसभामा नेकपा(क्रान्तिकारी माओवादी)का केन्द्रीय सदस्य एवम् सिन्धुली जिल्ला इन्चार्ज जीवनले भारतीय विस्तारवादव्दारा नेपालको ७१ ठाउँमा सिमा मिचिएको । कालापानी, लिप्पियाधुरा र लिपुलेकको ३९२ वर्ग किलोमिटर क्षेत्रफल जमिन भारतीय नक्शामा गाभ्नुको साथै त्यसबाट मानसरोवरसम्म जाने सडक निर्माण गरी त्यहाँको मन्त्रीले उद्घाटन गरेको हुनाले सम्पूर्ण नेपाली एकभई राष्ट्रिय स्वाधिनताका लागि आन्दोलनकोे आवश्यकता भएको वताउनु भयो । सम्वोधनको अन्त्यमा राष्ट्रघाती एमसीसी सम्झौताको खारेजका लागि आम नेपाली सडक संघर्षमा उत्रन उहाँले आव्हान गर्नु भयो ।


उक्त कोणसभामा नेकपा (विप्लव) जिल्ला सेके्रटरी गोपाल ब्लोन, विशेष कमिटी सदस्य वर्तमान राई(शशी) र देजमो नेपाल सिन्धुली जिल्ला अध्यक्ष ढकप्रसाद देवकोटाले पनि सम्वोधन गर्नु भएको थियो ।
उक्त कोणसभाको संचालन अखिल(क्रान्तिकारी)का के.स. भिमबहादुर ऐडीले गर्नु भएको थियो ।