काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी)की जीवनसंगिनी यानी गुरुङको असामयिक निधन भएको छ । उहाँको काठमाडौंको केएमसी अस्पतालमा उपचारको क्रममा आज विहान ५ बजे निधन भएको हो ।
मुटु, किड्नी र फोक्सोको समस्याबाट पीडित गुरुङको स्वास्थ्य जटिल भएपछि हिजो दिउसो ३ बजे हेलिकप्टरबाट टिचिङ अस्पतालको एमरजेन्सीमा ल्याइएको थियो । टिचिङ अस्पतालमा भेन्टिलेटर बेडको अभाव भएपछि केएमसी अस्पतलामा रेफर गरिएको थियो । केएमसी अस्पतालमा भेन्टिलेटरमा राखेर सघन उपचार थालेको केही घण्टामा अस्पतालले मृत घोषणा गरेको थियो ।
भदौ १४ गत्ते अचानक बेहोस भएपछि काठमाडौंको गंगालाल अस्पतालमा राखेर लामो समय उपचार गरिएको थियो । सुरुमा ब्रेनमा समस्या देखाएपनि पछि मुटु, किड्नी, फोक्सो लगायतका अंगहरुमा समस्या देखिएको थियो ।
प्युठानको सरुमारानी–२, दरभाङ निवासी यानी गुरुङको जन्म २०१९ साउन १९ गते भएको थियो । उहाँका दुई छोरा र दुई छोरी हुनुहुन्छ ।
यसैबीच, नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य किरणले केएमसी अस्पताल पुगेर मृतक यानी गुरुङको पार्थिव शरीरमा माल्यार्पण गर्दै श्रद्धाञ्जली दिनु भएको छ । पार्टीका स्थायी समिति सदस्य रामसिंह श्रीस, पीवीएमहरु इन्द्रमोहन सिग्देल, दिनेश शर्मा सागर लगायतका नेताहरुले पनि माल्र्यापणसहित श्रद्धाञ्जली अर्पण गरिएको थियो ।
मृतक यानी गुरुङको अन्त्यष्टी भने गाउँमै गर्ने गरी शव लिएर गएको नेता केवी गुरुङले जानकारी दिनुभयो ।