माघ २५ चितवन ।
राष्ट्रघाती एमसीसी सम्झौताको खारेजीको माग गर्दै भरतपुरको सिएमसिबाट सुरु भएको नेकपा (क्रान्तिकारी माओवादी) नेतृत्वको मसाल जुलुस चौविसकोठी हुँदै प्रहरीका विभिन्न अवरोधहरुको प्रतिवाद गर्दै हाकिमचोक सम्म पुगि त्यहाँबाट जुलुस सहित पुनः चौविसकोठी आएर जुलुस सभामा परिणत भएको थियो ।
ततपस्चात पुनः निस्किएको मसाल जुलुसमा चौविसकोठी पुग्दा प्रहरीहस्तक्षेप भयो र केही साथीहरुमाथि लाठी चार्ज भयो । चितवन जिल्ला सेक्रेटरी अशोकको खुट्टामा चोट लागेर घाइते हुन पुग्नु भयो । हजार चोट र ठक्कर खाएर पनि यो देशको स्वाधिनताको आन्दोलनलाई निरन्तर अगाडि बढाउने प्रतिवद्धतासहीत नेकपा (क्रान्तिकारी माओवादी)का नेता तथा कार्यकर्ताहरुले बषौदेखि निरन्तर सडक संघर्षको मैदानमा कालापानी, लिपुलेकबाट भारतीय सेना हट्, दलाल सत्ता – मुर्दावाद !! राष्ट्रघाति एमसीसी खारेज गर !! आदि नारा लागिरहेका छन् ।