कोरोनाबाट थप ११ जनाको मृत्यु, १,९५७ संक्रमित थपिए

कोरोनाबाट थप ११ जनाको मृत्यु, १,९५७ संक्रमित थपिए

काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ११ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा १,९५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ६९२ जनामा गरिएको परीक्षणमा उक्त संक्रमण पुष्टि भएको हो ।

यस्तै, सोही अवधिमा ५,१०३ जना कोरोनामुक्त भएका छन् भन हाल देशभर ३६ हजार १८१ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।