
माघ २५ पोखरा ।
प्रधानमन्त्री शेरवहादर देउवा नेतृत्वको वर्तमान गठबन्धन सरकारले अमेरिकी साम्राज्यवादव्दारा सहयोगको नाममा नेपालमाथि लादिएको एमसीसी सम्झौतालाई संसदबाट जसरी पनि पास गर्ने घोषित उद्येश्यका साथ अगाडि बढेको छ ।
संसदबाट यदि यो पास भएमा यसले नेपालको राष्टिय स्वाधीनतामाथिको निर्मम प्रहार र गम्भिर राष्ट्रघात हुनेछ । यसका बिरुद्ध शसक्त आन्दोलन सृष्टि गर्न यही माघ २६ गते २२ राजनीतिक दल ÷ संगठनहरुव्दारा देशैभरि बिरोध कार्यक्रमहरु आयोजन गरिएको छ । यसै शीलशीलामा कास्कीको पोखरामा आयोजित बिरोध कार्यक्रममा सहभागिताका लागि सम्पूर्ण देशभक्त, वामपंथी, राष्ट्रवादी शक्ति, प्राध्यापक बद्धिजीवि, नागरिक समाज र व्यक्तित्वहरुलाई हार्दिक अनुरोध गर्दै निम्न ंसंयुक्त प्रेस विज्ञप्ति प्रकाशित गरिएको छ ।
ंसंयुक्त प्रेस विज्ञप्ति
राष्टघाती एमसीसी सम्झौताको खारेजीका निम्ति हुन गइरहेको बिरोध प्रर्दशन र संघर्षका कार्यक्रमहरु सञ्चालन गर्न कार्यगत एकतामा सम्मिलित २२ राजनीतिक दल ÷ संगठनहरुको बैठक २०७८ माघ २४ गते नेकपा (क्रान्तिकारी माओवादी) को प्रदेश कार्यलय अमरसिहचोक, पोखरामा बस्यो ।
शेरवहादर देउवा नेतृत्वको वर्तमान गठबन्धन सरकारले राष्ट्रघाती एमसीसी सम्झौतालाई संसदबाट अनुमोदन गर्न गइरहेको र राष्टिय स्वाधीनतामाथिको निर्मम प्रहार र गम्भिर राष्ट्रघात हुन लागेकोले यसका बिरुद्ध शसक्त आन्दोलन सृष्टि गर्न यही माघ २६ गते देशैभरि बिरोध कार्यक्रमहरु आयोजन गरिएको छ । उक्त बिरोध कार्यक्रमलाई सफल पार्नका लागि सम्पूर्ण देशभक्त, वामपंथी, राष्ट्रवादी शक्ति, प्राध्यापक बद्धिजीवि, नागरिक समाज र व्यक्तित्वहरुलाई उक्त बिरोध कार्यक्रममा उपस्थितीका लागि हार्दिक अनुरोध गर्दै एकतावद्ध भएर संघर्ष गर्न आब्हान गर्दछौ ।
कार्यक्रमः
मितिः २०७८ माघ २६ गते आइतबार
सभा सुरु हुने समयः दिनको ठीक १ बजे
स्थानः लखनचोक –पृथ्वीचोक), पोखरा, कास्की
१२ बजे सृजनाचोकमा भेला हुने
जुलुस सुरु हुने समयः दिनको १२ः३० बजे
गण्डकी प्रदेशमा कार्यरत कार्यगत एकतामा सम्मिलित राजनीतिक दल ÷ संगठनहरु
१. नेकपा –क्रान्तिकारी माओवादी)
२. नेकपा (मसाल)
३. नेपाल कम्युनिष्ट पार्टी
४. राष्टिय जनमोर्चा
५. देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल
६. नेपाल कम्युनिष्ट पार्टी
७. वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी
८. नेकपा (माओवादी केन्द्र समाजवादी)
९. नेकपा (माले)
मितिः २०७८ माघ २५ गते
