काठमाडौँ । संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चाले बसोवासको आधारमा लालपुर्जा वितरण गर्न माग गर्दै सोमबार काठमाडौंमा वृहद् प्रदर्शन गरेको छ । काठमाडौंको माइतीघरमण्डलादेखि बिजुलीबजारसम्म मोर्चामा आबद्ध अभियन्ताहरूले शान्तिपूर्ण ध्यानाकर्षण ¥याली निकालेका हुन् ।


¥यालीपछि आयोजित सभालाई सम्बोधन गर्दै मोर्चाका अध्यक्ष कुमार कार्कीले बसोवासको आधारमा लालपुर्जा वितरण तथा स्थायी विकल्पबिनाको उठीवास सधैँका लागि बन्द गर्न सम्बन्धित निकायलाई दबाब दिन शान्तिपूर्ण ध्यानाकर्षण ¥याली निकालेको बताए । एउटा सरकारले लालपुर्जा दिन फर्म भर्ने, अर्को सरकारले उठीवासको सूचना टाँस्दै हिँडेको भन्दै सरकारको द्वैधचरित्रको विरुद्धमा ध्यानाकर्षण गराउन सडकमा निस्किएको बताए ।


अध्यक्ष कार्कीले भने, ‘आज नेपालमा सुकुम्बासीलाई बिना विकल्प उठीवास गराउने, एउटा सरकारले लालपुर्जा दिन फर्म भर्ने, अर्को सरकार उठीवासको सूचना टाँस्दै हिँड्ने सरकारको द्वैधचरित्रको विरुद्धमा र सरकारलाई ध्यानाकर्षण गराउन हामी आज शान्तिपूर्ण, सांकेतिक ध्यानाकर्षण ¥याली गरिरहेका छौं ।’ अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिले माघ २१ गतेसम्म गुहृयेश्वरीदेखि थापाथली पुलसम्मको नदी किनारका स्थायी प्रकृतिका संरचना हटाउन एक हप्ते सूचना टाँस गरेपछि सुकुम्बासीहरु आन्दोलित बनेका छन् ।


शान्तिपूर्ण ध्यानाकर्षणको क्रममा सुकुम्बासीहरुले उपत्यकामा तत्काल भूमि आयोगको गठन गर, बसोबासको आधारमा तत्काल लालपुर्जा वितरण गर्ने व्यवस्था गर, सुकुम्बासीहरुलाई आतंकित पार्ने राज्यआतंक बन्द गर लगायतका नाराहरु लगाएका थिए ।


मोर्चाले काठमाडौं उपत्यकाभित्र रहेका जिल्लाहरुका सबै राजनीतिक पार्टीका नेताहरुलाई भेटेर उपत्यकाको सुकुम्बासी समस्या समाधानमा सहयोग पु¥याउन ध्यानाकर्षण गर्ने र राज्यका सम्बन्धित निकाय तथा सरोकारवाला पक्षसँग अन्तरक्रियाको कार्यक्रम समेत तय गरिएको मोर्चाको एक घटक अखिल नेपाल क्रान्तिकारी सुकुम्बासी संघका केन्द्रीय कोषाध्यक्ष पवन गुरुङले जानकारी दिए । मोर्चामा विभिन्न राजनीतिक पार्टीमा आवद्ध १४ वटा सुकुम्बासी संगठनहरुको आवद्धता रहेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर