काठमाडौं । पछिल्लो २४ घन्टामा पाँच हजार ८७ जना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार चार सय ७४ जनामा पिसिआर र सात हजार ८६ जनामा एन्टिजेन परीक्षण गर्दा पाँच हजार ८७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

बिहीबार तीन हजार पाँच सय ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । बिहीबारको तुलनामा आज संक्रमितको संख्या एक हजार पाँच सय ३४ ले बढी हो । पछिल्लो २४ घन्टामा तीन सय ६ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । सोही अवधिमा तीनजनाको कोरोना संक्रमण कारण मृत्यु भएको छ ।

हार्दिक शुभकामना !

काठमाडौं उपत्यकामा भने शुक्रबार २६०७ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं, भक्तपुर र ललितपुरमा गरी कुल २६०७ जनामा संक्रमण पुष्टि भएको छ । जसमध्ये काठमाडौंमा १९१३, भक्तपुरमा ३१७ र ललितपुरमा ३७७ जना रहेका छन् । सक्रिय संक्रमित ५ सयभन्दा बढी हुने जिल्लाको संख्या भने ६ पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर