२७ पुस नबलपुर ।
अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी) नबलपुर जिल्लाको प्रथम भेला कावासोतीमा टिकाराम काफ्लेको अध्यक्षतामा सम्पन्न भएको छ । उक्त भेलाले टिकाराम काफ्लेको अध्यक्षतामा पछि २ जना थप्नेगरि ९सदस्यीय जिल्ला समिति गठन गरेको छ । अन्य पदाधिकारी तथा सदस्यहरुमा उपाध्यक्ष मणि न्यौपाने,सचिब चिरञ्जिबी चापागाई,कोषाध्यक्ष तेजु महतो,सदस्यहरुमा कर्मसरिमा सर्मा,गर्बलाल महतो,रमा सिङ् ठकुरी रहनु भएको छ । भेलाले माघ मसान्तसम्म प्रत्येक स्थानीय निकायहरुमा सङ्गठन निर्माण गरिसक्ने र बृहत जिल्ला भेलाको तयारी गर्ने निर्णय गरेको छ । साथै किसान आन्दोलनको तयारी गर्ने निर्णय पनि गरेको छ । भेलामा केन्द्रीय अध्यक्ष सिताराम तामाङ महासचिब धनेश्वर पोख्रेल ,पार्टी जिल्ला इन्चार्ज अनुकुल,र जिल्ला सेक्रेटरी उत्तमको विशेष उपस्थिति रहेको थियो । भेलामा अध्यक्ष तामाङ र अनुकुलले शुभ कामना मनतव्य दिनु भएको थियो भने महासचिब पोख्रेलले बर्तमान राजनैतिक अबस्था र महासङ्घको लक्ष , उद्देश्य,र आबश्यकताबारे प्रशिक्षण दिनु भएको थियो ।

हार्दिक शुभकामना !

प्रतिक्रिया

सम्बन्धित खवर