हेटाैडा । नेपाली कम्युनिस्ट आन्दाेलनका अग्रज व्यक्तित्व कमरेड भक्तबहादुर श्रेष्ठकाे शालिक हेटाैडामा अनावरण गरिएकाे छ । मकवानपुर हेटाैडाकाे हर्नामाडी गुम्बा डाँडामा कमरेड भक्तबहादुर श्रेष्ठकाे आधाकदकाे शालिक उहाँकाे दशाै स्मृति दिवसकाे सन्दर्भ पारेर अनावरण गरिएकाे हाे ।
हेटाैडाका मेयर हरिबल महतले शालिककाे अनावरण गर्नुभएकाे थियाे । प्रदिप भट्टराईले सञ्चालन गरेकाे अनावरण कार्यक्रममा दिनेश श्रेष्ठ, अनिल बानिया, हर्क रुम्बालगायतले कमरेड भक्तबहादुर श्रेष्ठकाे व्यक्तित्व र कृतित्वकाे विषयमा चर्चा गर्नु भएकाे थियाे । कार्यक्रममा कमरेड भक्तबहादुर श्रेष्ठक दुई छोरी प्रभा र प्रतिभा लगायत परिवारका सदस्यहरुको समेत उपस्थिति रहेकाे  थियो ।

हार्दिक शुभकामना !

प्रतिक्रिया

सम्बन्धित खवर