काठमाडौं । सात विद्यार्थी संगठनले विद्यार्थीबाट चर्को शुल्क माग्ने विराटनगरस्थित नोबेल मेडिकल र सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजका सञ्चालकलाई तत्काल पक्राउ गरी कारबाही गर्न गृहमन्त्रीको ध्यानाकर्षण गराएका छन् । सात विद्यार्थी संगठनले संयुक्त रूपमा तीनबुँदे माग राखी मंगलबार ध्यानाकर्षणपत्र बुझाएका छन ।

हार्दिक शुभकामना !

चिकित्सा शिक्षा आयोगले तोकेकोभन्दा बढी शुल्क लिई एमबिबिएस, बिडिएसमा अतिरिक्त शुल्क तथा चर्को होस्टेल शुल्क मागेर नोबेल र केएमसीले सन् २०२१ ब्याचका विद्यार्थीलाई अध्ययनबाट समेत वञ्चित गराएका छन् । सात विद्यार्थी संगठनले आयोगले तोकेभन्दा बढी शुल्क लिने नोबेल मेडिकल कलेज, काठमाडौं मेडिकल कलेज, मणिपाल मेडिकल कलेजमाथि छानबिन गर्न र विद्यार्थीमाथि लाद्न खोजिएको धाकधम्की र ठगीविरुद्ध कानुनबमोजिम कडा कारबाहीका लागि माग गरेका छन् ।

त्यसैगरी सेक्युरिटी कम्पनी र कलेजमाथि छानबिन गरी दोषीलाई कानुनी कारबाही गर्न र विद्यार्थीलाई सुरक्षाको प्रत्याभूति दिलाउन उनीहरूको माग छ । नोबेल मेडिकल कलेजमा उत्पन्न विवादमा सहजीकरण गर्न गएका विद्यार्थी प्रतिनिधिमाथि कलेज प्रशासन र सञ्चालकका भिजिलान्ते गुण्डाहरूले सुरक्षागार्डको पोसाक लगाएर कलेजको तर्फबाट विद्यार्थीमाथि ढुंगामुढा गरी घाइते बनाएको विद्यार्थी संगठनहरूको आरोप छ ।

ध्यानाकर्षणपत्रमा नेविसंघ, अखिल क्रान्तिकारी, अनेरास्ववियू, समाजवादी विद्यार्थी युनियन, विप्लवनिकट अखिल क्रान्तिकारी, अखिल छैटौँका अध्यक्षले हस्ताक्षर गरी ध्यानाकर्षणपत्र बुझाएका हुन् । 

प्रतिक्रिया

सम्बन्धित खवर