काठमाडौं। नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल (क्रान्तिकारी)काे आयाेजनामा गरिने सात दिने नि:शुल्क आधारभुत पत्रकारिता तथा उद्घोषण तालिमकाे उद्घाटन गर्दै नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव किरणले जनपक्षीय पत्रकारिता आजकाे आवश्यकता भएकाे बताउनु भएकाे छ ।
उहाँले संसवादी दलहरुले समाजवाद भन्ने तर पूँजीवाद लागू गर्ने गरेकाे र संसदीय ब्यवस्था भनेकै दलाल पुँजीपतिहरुको ब्यवस्था भएकाले यसका विरुद्ध जनपक्षीय पत्रकारहरुले सशक्त कलम चलाउनुपर्नेमा जोड दिनुभयो ।
 महासचिव किरणले जनपक्षीय पत्रकारिताकको माध्यमबाट सर्वाहारा जनतालाई सुचना दिनको निम्ति पत्रकारहरुकाे महत्वपूर्ण भूमिका रहने पनि बताउनु भयो।
उहाँले कार्लमार्क्स पनि पत्रकार भएको बताउँदै पत्रकारिता आफैमा एउटा सशक्त आन्दोलन भएको बताउनु भयो ।
आजको युग सूचना साम्राज्यवाद तथा सूचना क्रान्तिको युग भन्दै उहाँले पत्रकारिता महत्वपूर्ण भएको चर्चा गर्नुभयो।
त्यस्तै अखिल क्रान्तिकारीक अध्यक्ष गजुरेलले विद्यार्थीहरूको हरेक आन्दोलनले देशको मुहार फेरेकोले अब पनि विद्यार्थीहरूले नै देशको मुहार फेर्ने बेला आएको बताउनु भयो।
देशको इतिहासको कालखण्डमा विद्यार्थीको भूमिका महत्वपूर्ण रहेको बताउनु भयो भने स्वास्थ्य र शिक्षामा अहिले माफियाको हालिमुहालि रहेको बताउनुभयो। 
अखिल (क्रान्तिकारी) की केन्द्रिय उपाध्यक्ष तथा ३ नं. प्रदेश संहयाेजक शिलु न्याैपानेकाे अध्यक्षता सम्पन्न कार्यक्रमकाे संञ्चालन केन्द्रीय सदस्य शाेभा सेन्चुरीले गर्नुभएकाे थियाे।
कार्यक्रममा पार्टीका पीवीएमद्वय दिनेश शर्मा सागर, सुरेश श्रेष्ठ प्रवेश, क्रान्तिकारी पत्रकार महासंघका अध्यक्ष नारायण पंगेनी लगायतका नेताहरुकाे आतिथ्यता रहेकाे थियाे ।

 

प्रतिक्रिया

सम्बन्धित खवर