समाज बहुरंगी छ । यहाँ विभिन्न समयमा विभिन्न प्रकारका प्रवृतिहरु देखापर्दछन । क्रान्तिकारी पार्टी पनि समाजकै एउटा हिस्सा भएको कारण समाजमा देखिने विभिन्न खाले प्रवृतिहरुको छाप क्रान्तिकारी पार्टीमा देखिनु स्वभाविक हो । अवस्य समाज या क्रान्तिकारी पार्टीमा देखिने कैयौ प्रवृतिहरु सहि र गलत दुवै प्रकारका हुन्छन । व्यक्तिमा निहित सहि या गलत प्रवृतिकै कारण व्यक्तिहरु बिचका दुरी बढ्ने र घट्ने गर्दछ । प्रवृतिगत समानता छ भने व्यक्तिले नचाहेर पनि उनीहरु बिचको भावानात्मक एकता कायम हुनेगर्दछ । त्यस्तै प्रवृतिगत असमानता र विभेद छ भने व्यक्तिले चाहेर पनि भावानात्मक एकता कायम हुन सक्दैन । ठिक त्यहीनेर सहि र गलत प्रवृतिका दुई वेग्लावेग्लै ध्रुव निर्माण हुन्छन र उनीहरु विच संघर्ष सुरु हुन्छ । यसरि प्रवृतिगत अन्तर सम्बन्ध र अन्तरविरोधको जन्म हुनेगर्दछ ।


अस्वभाविक महत्वाकांक्षी बन्नु , अस्वभाविक पदलोलुप देखिनु, नाङ्गो ढंगले आत्मा प्रदर्शन गर्नु, आत्माप्रचारमा रमाउनु , गुण्डा नाईके झैँ लठैतहरुको अगुवा बनेर हिड्नु , सांगठनिक अनुशासनमा नवाढिनु , पार्टीको बिधि,पद्दति र प्रक्रियाको धज्जी उडाउनु ,व्यक्तिवादी तथा अराजकतावादी शोच र चिन्तनले ग्रसित हुनु , आर्थिक पारदर्शिता नहुनु, गुटगत मानसिकतामा अल्झनु, फरियावाद–परिवारवाद–नातावादको घेरामा वाधिनु आदि ÷ ईत्यादि नै क्रान्तिकारी पार्टीका कतिपय नेता कार्यकर्ताहरुमा वेलाबखत देखिने गलत प्रवृतिहरु हुन् ।

हार्दिक शुभकामना !

गलत प्रवृतिले क्रान्तिकारी पार्टीलाई नोक्शानी गर्दछ । त्यसप्रकारको गलत प्रवृतिहरुले पार्टीमा विभिन्न समस्याहरु शृजना गर्दछन । यस्ता गलत प्रवृतिले प्रतिक्रान्तिको सेवा गर्दछन । ति गलत प्रवृतिहरुनै संशोधनवादका स्रोतहरु हुन , प्रतिक्रान्तिका बिउ हुन । क्रान्तिकारी पार्टीमा गलत प्रवृतिहरु कतिपय जिम्मेवार नेता,कार्यकर्ताहरुको बिचार ,ब्यबहार र क्रियाकलाप मार्फत अभिव्यक्त हुने गर्दछन । सिद्दान्त,बिचार ,दृस्टीकोणमा जस्तै गलत प्रवृतिका बिरुद्ध पनि क्रान्तिकारी पार्टी भित्र संघर्ष चल्ने गर्दछ त्यही संघर्षलाई नै प्रवृतिगत अन्तरविरोध भनिन्छ ।

प्रवृतिगत अन्तरसंघर्षको क्रममा आफ्नो कमजोरी ढाकछोप गर्नकानिम्ति त्यसप्रकारका गलत प्रवृतिका संवाहकहरुले कहिलेकाही क्रान्तिकारी पार्टी र आन्दोलन भित्र विभिन्न खालका भ्रम दिने र बिषयलाई अर्कोतिर मोड्ने प्रयत्न गर्दछन । उनीहरुले सहि र गलत प्रवृति बिचको प्रवृतिगत अन्तरविरोधलाई सिद्दान्त ,बिचार र लाईनको अन्तरविरोध भन्दै आफु क्रान्तिकारी र अरु सवै दक्षिणपन्थी भएको ठहर गर्दछन । वास्तवमा त्यो हास्यास्पद हो । कतिपय ठाउमा क्रान्तिकारी आन्दोलन भित्रै पनि यस्ता प्रवृति प्रति उदासिन हुने र वेवास्तागर्ने गरेको देखिन्छ । अझ कुनै वेला त कुनै कोण वाट यस्ता प्रवृतिलाई उत्साहित गरेको पनि देखिन्छ, यो राम्रो होईन । यस्ता प्रवृतिहरुलाई कदापि उत्साहित गर्नु हुदैन । गलत प्रवृति एउटा सरुवा रोग हो यसले क्रान्तिकारी पार्टी र आन्दोलनलाई भुत्ते बनाउछ । क्रान्तिकारी पार्टी भित्र यस्ता प्रवृतिलाई ठाउका ठाउ कुल्चनुपर्दछ । सचेत क्रान्तिकारीहरुले यस्ता प्रवृतिहरुका बिरुद्ध पार्टी भित्र निर्मम संघर्ष गर्नुपर्दछ । एकता ,संघर्ष र रुपान्तरणको माध्यम वाट तथा आलोचना ,आत्मालोचना,चेतावनी र आवस्यकता परे कारवाहीको प्रक्रिया वाट यसप्रकारका प्रवृतिहरुलाई क्रान्तिकारी पार्टी र आन्दोलन मा निरुत्साहित गर्नुपर्दछ ।


महान माओ भन्नु हुन्छ ः ‘ वास्तवमा मानिसहरु विभिन्न मात्रामा माक्र्सवादवादी हुने गर्दछन । कोहि १०० प्रतिशत,कोहि ९०,८०,७०, ६० वा ५० प्रतिशत माक्र्सवादवादी हुन्छन भने कोहि १० वा २० प्रतिशत मात्र माक्र्सवादवादी हुन्छन ‘ ( कम्युनिस्ट र श्रमिक पार्टीहरुको प्रतिनिधिहरुको मस्को बैठकमा दिनुभएको मन्तव्यको अंश’ माक्र्सवादवादी –लेनिनवादी– माओवादी संगठनात्मक सिद्दान्त – पृष्ठ १९० ,रक्तिम प्रकाशन ,नेपाल )

वास्तवमा थोरै माक्र्सवादवादी बनेकाले नै आफुलाई सवभन्दा बढी माक्र्सवादवादी ठान्ने समस्या नै क्रान्तिकारी पार्टी र आन्दोलनमा गलत प्रवृति फैलिनुको कारक हो । माक्र्सवादवादको खोल ओढेर माक्र्सवादवाद बिरोधि गतिबिधि गर्नेहरु नै समस्याको जड हुन । आफुलाई माक्र्सवादवादको सिपालु शिक्षक ठान्ने ,ठुलै माक्र्सवादवादी बिद्द्वान महसुश गर्ने तर ब्यबहार माक्र्सवादवाद बिपरित गर्नेहरुनै समस्याका स्रोत हुन । माक्र्सवादवाद भन्छ ः अस्वभाविक महत्वाकांक्षी नवन , अस्वभाविक पदलोलुप नहोउ, नाङ्गो ढंगले आत्मा प्रदर्शन नगर , आत्माप्रचारमा नरमाउ , गुण्डा नाईके झैँ लठैतहरुको अगुवा नबन, सांगठनिक अनुशासनमा बस, पार्टीको बिधि,पद्दति र प्रक्रियाको पालना गर ,व्यक्तिवादी तथा अराजकतावादी शोच र चिन्तन वाट मुक्त होउ , आर्थिक अराजकता नगर , गुटगत मानसिकतामा वाट माथि उठ , फरियावाद–परिवारवाद–नातावादको घेरामा कैद नहोउ । तर तिनीहरु जसले आफुलाई १०० प्रतिशत माक्र्सवादवादी ठान्छन ,यसको ठिक बिपरित गर्छन ।

त्यसकारण माक्र्सवादवादको वास्तविक अध्यन,प्रशिक्षण,स्कुलिङ्ग र प्रचार प्रसार पनि यस्ता गलत प्रवृतिको उपचारको अर्को बिधि हुनसक्छ । यसको अलावा त्यस्ता गलत प्रवृतिलाई निरुत्साहित गर्नको निम्ति क्रान्तिकारी पार्टीले विभिन्न अन्तरपार्टी निर्देशन जारि गर्नुका साथै क्रान्तिकारी पार्टी र आन्दोलनमा देखियका यस्ता गलत प्रवृतिका बिरुद्ध विभिन्न अभियानहरु संचालन गर्न सक्छ ।

“ सन् १९२९ डिसेम्वरमा चिनिया लाल सेनाको चौथो फौजको नवौ पार्टी महाधिवेसनका निम्ति कमरेड माओले एउटा प्रस्ताव तयार पार्नुभयो । उक्त प्रस्तावको नाम थियो ’पार्टी भित्रका गलत बिचारहरुलाई सुधार्ने सम्बन्धमा ’ । प्रस्तावले सम्पूर्ण अनुभवहरुको निचोड निकालेको थियो । यसले गर्दा लालसेनाले पुरै माक्र्सवादवादी–लेनिनवादी आधारमा आफ्नो निर्माण गर्न र पुरानो खालका सेनाहरुको सारा प्रभावलाई निर्मुल पार्न सक्यो । चौथो फौज मात्र होईन ,बरु क्रमागत रुपले लालसेनाका अरु सवै टुकुडीहरुमा पनि यसलाई कार्यान्वयन गरियो । यसप्रकार वाट सम्पूर्ण चिनिया लालसेना पुरा रुपमा जनताको सच्चा सेना बन्यो “ – माक्र्सवादवादी–लेनिनवादी– माओवादी संगठनात्मक सिद्दान्त पृष्ठ ६८ ,रक्तिम प्रकाशन, नेपाल ।

पार्टी नेतृत्वको एउतै अस्त्रले कति जादुमय भूमिका खेल्न सक्छ र बिग्रिदै गरेको चिज कसरी ठिक ठाउमा आउनसक्छ भन्नेकुराको यो एउटा राम्रो उदाहरण हो । उक्त प्रस्तावमा कमरेड माओले बिशुद्द सैनिक द्रिस्तिकोण, ,अति जनवाद ,संगठनात्मक अनुशासनको अवहेलना, निरपेक्ष समानतावाद, मनोगतवाद, व्यक्तिवाद, घुमक्कड बिद्रोही दलका विचारधारा ,बिप्लववादका अवशेषहरु ,पार्टी भित्रका जनवाद वारेमा प्रयाप्त प्रकाश पार्नुभएको देखिन्छ ।

चिनियाँ जनवादी क्रान्ति सम्पन्न भय पश्चात सन १९५१ र १९५२ मा चिनियाँ कम्युनिस्ट पार्टीको केन्द्रिय समितिले ’ तिन खरावी र पाच खरावी हरुको बिरुद्ध संघर्ष गर ’ भन्ने एउटा अन्तरपार्टी निर्देशन जारि ग–यो । तिन खरावी भित्र भ्रस्टाचार ,वर्वादी र नोकरशाही पर्दथे । त्यस्तै पांच खरावी भित्र घुसखोरी ,कर छली,राज्यको सम्पतिको चोरी,सरकारी ठेक्का पट्टा हरुमा हुने ठगी र आर्थिक सुचनाको चोरी पर्दथे । त्यसै गरि चिनियाँ कम्युनिस्ट पार्टीको केन्द्रिय समितिले १९५३ मा ‘पांच अचाक्लीहरुको समस्या समाधान गर’ भन्ने निर्देशन जारि ग–यो । यी निर्देशनहरुले चिनिया कम्युनिस्ट पार्टी र उसको नेतृत्वमा सम्पन्न नयाँ जनवादी क्रान्तिलाई थप मजवुत बनाउन महत्वपूर्ण भूमिका निर्वाह ग–यो ।

अवस्य हामीले पनि नेपालको क्रान्तिकारी पार्टी र आन्दोलनमा देखियका गलत प्रवृतिहरु र त्यसद्वारा सिर्जित प्रवृतिगत अन्तरविरोधको सहि समाधानको निम्ति चिनियाँ शैलीको अनुशरण गर्न सकिन्छ । अत ः उल्लेखित गलत प्रवृतिहरुको भण्डाफोर गर्दै तिनका बिरुद्ध संघर्ष गरेर क्रान्तिकारी पार्टी र क्रान्तिकारी आन्दोलनको रक्षा गर्नको निम्ति क्रान्तिकारी पार्टीले अन्तरपार्टी निर्देशन जारि गर्न सक्छ , जसको स्वागत र कार्यान्वयन गर्नको निम्ति क्रान्तिकारी पार्टीका ईमान्दार नेता कार्यकर्ताहरु सधै आतुर छन ।

प्रतिक्रिया

सम्बन्धित खवर