संस्मरण :’बिद्यार्थी राजनीति देखि जनपक्षीय पत्रकारिता सम्म’

संस्मरण :’बिद्यार्थी राजनीति देखि जनपक्षीय पत्रकारिता सम्म’

रवि पाण्डेय

बिद्यालय अध्ययनको समय देखि नै बिद्यार्थी राजनीति प्रतिको आर्कषण थियो । राजनीतिले समाज रुपान्तरण गर्छ भन्ने कुरा सुनिन्थ्यो । साथै, गजल, कबिता, मुक्तक, लेखनमा रुचि पनि उतिकै थियो । बि.स. २०५५÷०५६ को संकटकालमा बिद्यार्थी राजनीति गर्नु कम्ता कठिनाई थिएन । हामी नेपाल प्रगतिशिल बिद्यार्थी युनियनमा संगठित थियौ । नेकपा (माक्र्सवादी)को बिद्यार्थी संगठनमा आबद्ध हामीलाई यो कुन पार्टीको बिद्यार्थी संगठन हो ? भन्ने निकै प्रश्न गरिन्थ्यो । बिशेष गरेर काँग्रेस त्यो बेला एमालेका साथीहरुबाट यो प्रश्न काम र्तेस्याउने गरिन्थ्यो । ती प्रश्नहरुको जति जवाफ जति पटक दिएपनि हामीलाई माओवादी समर्थितका रुपमा हेरिन्थ्यो । हाम्रा गतिबिधिमा उनीह्ररु सन्देह ब्यक्त गर्दथे । त्यसबेला ने.प्र.बि.युको केन्द्रीय अध्यक्ष राजु कार्की हुनुहुन्थ्यो । हामी भने भित्री रुपमा भिषण बर्गसंर्घषको नेतृत्वकर्ता नेकपा (माओवादी)मा आस्थावान भइसकेका थियौ ।
बि.स.२०५९ सम्म बाहिरी रुपमा नेप्रबियुकै नामबाट गतिबिधि गर्दै आएका थियौ । त्यो बेला संयुक्त बिद्यार्थी मञ्चका नामबाट प्रतिगमन बिरोधी आन्दोलनमा लागेका थियौं । प्रतिगमन बिरोधी आन्दोलनमा मञ्च पाउन हामीलाई निकै गा¥हो थियो । हामीलाई ठुला भनिएका दल र तिनका भातृ संस्थाले खासै गन्दैनथे । संयुक्त बाम मोर्चा र प्रभुनारायण चौधरीको कुरा गरेपछि भने फेरि सहजै मन्च दिन्थे । शंका हुदाँ हुदै पनि मञ्चमा बोल्ने मौका पाइन्थ्यो । त्यो बेला सायद प्रभुनारायण बाममोर्चाको संयोजक हुनुहुन्थ्यो । साझा मञ्च पाएपनि भाषण सुन्ने मान्छे भने पाँच दश जना हुन्थे । पाँच दलीय आन्दोलन भनिन्थ्यो पाँच दश जनाका बीचमा बीचमा समेत खुब भाषण ठोकिन्थो । पुलिस आएपछि लुसुलुस शैली बदलेर हामी हामीले घेरा तोडेर निस्कन्थ्यौ । पुलिस देख्ने बित्तिकै आन्दोलनरत काँग्रेस एमालेका नेता कार्यकर्तामा भागाभाग मचिन्थ्यो । जिल्लामा संयुक्त मञ्चमा भाषण गर्ने जिम्मेवारी भएकोले संर्घषका गतिबिधिमा हाम्रो क्रियाशिलता बढ्यो । खुला रुपमा यसरी संयुक्त मञ्चको उपयोग गर्दा जोखिम पनि उतिकै हुन्थ्यो ।
मञ्चमा बोल्ने बानी यसैबाट विकास हुदै गएको थियो । कतै संयुक्त बामपन्थी बिद्यार्थी मोर्चा भनियो । कतै नेप्रबियु भन्ने गरियो । कतै स्वतन्त्र बिद्यार्थी मञ्च भन्ने गरियो । जे जसरी पनि मञ्च लिने हाम्रो ध्येय थियो । त्यो उद्धेश्यमा हामी अडिग थियो । त्यो बेला प्रतिगमन बिरोधी पाँच दलीय आन्दोलन थियो । हामी भने जनयुद्धको लयमा भाषण गर्दथ्यौ । प्रहरी प्रशासनको निगरानीमा हामी हुन्थ्यौ । आन्दोलनकर्ता संसदीय दलहरुले पछि प्रतिगमन आधा सच्चियो भनियो । त्यस पछि आन्दोलन उठ्न सकेन । हामी बिभिन्न नामबाट आन्दोलनमा हामी सरिक हुन्थ्यौ । क्रान्तिलाई सेवा गर्ने हामी अभियान जारी राख्थ्यौ । दिउँसो खुला रुपमा मञ्चमा विचार राख्थ्यौ । राति भुमिगत शैलीमा नारा लेखन देखि बिज्ञप्ति टाँस्ने सम्मका काम हुन्थ्यो । ती काम हाम्रा जिम्माका काम थियो । जिल्लाका बिभिन्न क्याम्पसमा भित्ताहरुमा रातिमा नारा लेख्ने र उज्यालोमा हेर्दा नारा कसको जिम्माको नारा राम्रो भयो भन्ने खुब प्रतिष्पर्धा हुन्थ्यो ।

यता मेरो जन्म दिने आमा भने नेकपा (माओवादी) आबद्ध भइसक्नुभएको थियो । क. बर्षाका रुपमा भुमिगत संगठनमा आमाले काम गर्दै आउनुभएको थियो । अनेमसंघ क्रान्तिकारीको संगठन बनाउदै हिड्नुभएको थियो । तर , समयक्रम संगै यी कुरा प्रहरी प्रशासनलाई खुल्दै गएपछि हामीलाई माथि निकै दबाब बढ्यो । तैपनि दबाब बीचमा हामीले दिब्य पल्लबी साहित्यिक पत्रिका मार्फत प्रगतिशिल साहित्यमा बढावा दिदै गयौ । बोल्गा नेपाल त्यसको सम्पादक हुनुहुन्थ्यो म सहसम्पादक थिएँ । त्यसमा माया प्रीतिका अलि अलि केही रचना राख्थ्यौ । केही सन्तुलन बनाउन सबैका लेख रचना छाप्थ्यौ । अरु पाना सबै प्रगतिशिल साहित्यले भरिन्थ्यो । सायद यो पत्रिका ४÷६ अंक मासिक रुपले संचालन ग¥यौ । त्यस बेला शंकर पन्थी ज्योतिबिन्दु र मैले परिर्बतनका पक्षमा कविता गजल र कविता वाचन गर्दथ्यौ । नवलपरासी साहित्य परिषद र क्याम्पसमा आयोजित बिभिन्न साहित्यिक कार्यक्रममा जान्थ्यौ । एक पटक परासीको कर्मचारी मिलन केन्द्रमा सिडियोलाई प्रमुख अतिथि बनाएको साहित्यिक कार्यक्रममा परिर्वतनका रचनावाचन गर्दा लफडा भयो । सिडियोलाई बोलाएर परिर्वतनका साहित्य पस्कने कार्यक्रम सायद त्यो दुस्साहस नै थियो । त्यसबेला हामीलाई गजलकार बुँद रानाले प्रहरी घेरा तोडाएर बाहिर ल्याउनुभएको थियो । सायद ती सिडियो निरन्जन बराल थिएँ ।

लेखक–रवि पाण्डेय
बि.स. २०६० सालमा तिर कमरेड अशोक लम्साल अनुकुलबाट हामीलाई सेल कमिटीमा संगठित गर्ने काम भयो । लगतै हामीले पार्टी नेकपा (माओवादी)को पार्टी सदस्यता प्राप्त ग¥यौ । सो पार्टी कमिटीको सेक्रेटरीमा रामु पाण्डेय, बोल्गा नेपाल,रमेश बस्याल, नारायण न्यौपाने र यो पंक्तिकार संगठित भएका थियौ । त्यसबेला अखिल क्रान्तिकारीको जिल्ला संयोजक देवी अधिकारी हुनुहुथ्यो । उहाँको नेतृत्व हुदाँ हामी संगठनको एरिया सदस्यका रुपमा क्रियाशिल थियौ ।
बि.स.२०६१ असार ३ गते अखिल (क्रान्तिकारी) द्वारा शैक्षिण हडतालसहित विविध सशक्त संघर्ष गरेर शाहीसत्तासँग सङ्गठनमाथिको आतंककारीको आरोप फिर्ता गराउन सफल भएपछि केही खुला रुपमा काम गर्ने मौका मिल्यो । बि.स. २०६२ साउन÷भदौको पार्टी केन्द्रीय समितिद्वारा ‘प्रत्याक्रमणको पहिलो योजना सफल पारौँ ! वैदेशिक हस्तक्षेपका विरुद्ध व्यापक तयारी गरौँ ! भन्ने मूल नारासहितको प्रत्याक्रमणको योजना पारित भयो । २०६२ माघ २७ गते जनमुक्ति पश्चिम सैन्य कमान्डद्वारा नवलपरासीको सुनवलमा शाहीसेनाका पाँच ट्रक फोर्समाथि आक्रमण भयो । यो बिजययात्रामा जनमुक्ति सेनाको ब्यवस्थापन देखि सुनवल पुर्व क्षेत्रका सडक छेउका भर रुख ढालेर अबरोध गर्ने जिम्मा थियो । त्यो जिम्मा हामीले सुब्यवस्थित रुपले सम्पन्न ग¥यौ । त्यो प्रत्याक्रमणको शुभसमाचार संसारभर गुन्जायमान भयो ।
सोही बर्ष अखिल क्रान्तिकारीको बर्दघाटमा भएको जिल्ला सम्मेलन पछि सुर्य न्यौपानेको नेतृत्वमा कमिटी बन्यो । हामी अखिल (क्रान्तिकारी) जिल्ला तहमा क्रियाशिल भयौ । त्यसबेला नारायण पंगेनी, रमेश बस्याल, बोल्गा नेपाल , गंगा भुसाल, खिमानन्द पोखरेल, समिक्षा बि.क, समिक्षा बलाल , सुरेन्द्र कुर्मी,खड्क बस्नेत,सन्तोष सिग्देल, गोबिन्द न्यौपाने यो पंक्तिकार लगायतको उर्जावान बिद्यार्थी कमिटी थियो । त्यस लगतै मेरो कार्यक्षेत्र नवलपुर भयो । नवलपुरका कलेजहरुमा बिद्यार्थी संगठन विस्तार गर्ने काम तीब्रताका साथ गरियो । जिल्लाब्यापी रुपमा बिद्यार्थी नयाँ ढंगबाट संगठन उठ्यो । पार्टीमा नयाँ पुस्ता संगठित हुन थाल्योे । बिद्यार्थी बिशेष ईलाका कमिटीको ईञ्चार्ज सुर्य न्यौपाने र सेक्रेटरी म थिएँ । बिद्यार्थी आन्दोलनमार्फत हामीले नवलपुरमा पार्टी संगठनलाई बढावा दिएका थियौं । त्यो समयमा रामप्रसाद बन्जाडे क.टंकमणि पार्टी ईन्जार्ज र क.आकाश पार्टीको जिल्ला सेक्रेटरी हुनुहुन्थ्यो ।

क्रान्तिकारी पत्रकार महासंघ नवलपरासीको प्रथम जिल्ला सम्मेलन २०६९

पत्रकारिता तर्फ यसरी लागियो

पार्टी संबिद्यानसभाको निर्वाचनमा होमियो । मेरो कार्यक्षेत्र नवलपुरबाट घरपायक पर्ने भएकोले सुनवलमा स¥यो । मनमा आन्दोलन प्रति निकै आँशकाहरु थियो । नयाँ परिस्थिति र तामझामले तिरीमिरी पारिरहेको थियो । मनमा बिद्रोह मुखमा संबिद्यानसभाको नारा नेतृत्वले दिएको थियो । तात्कालिन रुपमा उक्त निर्वाचन क्षेत्र नम्बर ४ क्षेत्र थियो । त्यहाँबाट चिनक कुर्मीले उम्मेदवारी दिनुभएको थियो । कार्यकर्ताको घरायसी ब्यवस्थापन निकै बिजोग थियो । मलाई पनि अब होलटाइमर भएर होइन घर हेरेर काम गर्नुपर्छ भन्ने चिन्तनले दुःख दिइराखेको थियो । मैले त्यसबेलाका जिल्ला सेक्रेटरी बिश्व बराल क.अनुपलाई अब म पार्ट टाइमर काम गर्छु । अब सकिएन कमरेड भनेर जिल्ला हेर्डक्वार्टरमा पत्र बुझाएको थिँए । चुनावको मुखमा आएर त्यसो गर्दा म प्रति पार्टीको दृष्टिकोण राम्रो हुदैन भन्नेमा म सचेत थिँए । उहाँले सबैको त्यस्तै छ कमरेड मेरो बृद्ध बुवा पनि कास्कीमा हलो जोत्दै हुनुहुन्छ भनेर कन्भिन्स गर्नुभएको थियो । सुनवलमा पूर्वगर्भनर यादव प्रसाद पन्तको घर पार्टीले कब्जामा लिएको थियो । त्यहाँ पार्टी कार्यालय थियो । निर्वाचनका लागि प्रत्येक निर्वाचन क्षेत्रमा एक एक जनाको दरले संचारकर्मी बनाउनुपर्छ भन्ने पार्टीलाई लागेको रहेछ । ठिक त्यही बेला जनआब्हान साप्ताहिकलाई बुटवलबाट प्रकाशन गर्ने सन्र्दभमा बुटवलमा बैठक भयो । सो बैठकमा मलाई सहभागी हुने मौका मिल्यो । जनआब्हानको एक दिने कक्षा नै मेरो जिवनमा पत्रकारिताको शुरुवातको दिन भयो । लगतै बुटवलबाट नयाँ सत्ता दैनिक संचालनमा आयो । त्यसको जिल्ला रिर्पाेटर संगै धेरै बिज्ञापन उठाउने काम म बाट भएपछि सम्पादक पं बाबुराम भट्टराई र संचालक मनबीर र्गबुजाले मलाई निकै सर्पाेट गर्नुभयो । त्यहाँबाट जिन्दगीले नयाँ मोड लिन थाल्यो । समाचार लेखनमा रुचि बढ्दै गयो । पत्रिका बितरणमा समेत निकै मेहनत गरियो । चुनाव सम्पन्न भएर प्रचण्ड प्रधानमन्त्री हुदाँ सबैभन्दा बढी बिज्ञापन हामी मार्फत नयाँसत्ता दैनिकमा प्रकाशित भएको थियो । हामीले समाचार लेख्दै गयौ । सिक्दै गयौ हामी पत्रकार पनि भयौ । तर हामीलाई पत्रकार बनाउने नयाँ सत्ता दैनिक जोगिएन । अर्थ अभाव र बिबिध ब्यवस्थापकीय कमजोरीले पत्रिका संचालन हुन सकेन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा भएको बिरोध कार्यक्रममा गिरफ्तारी दिदै पीबीएम केबी गुरुंग सहित ।

लेखक : क्रान्तिकारी पत्रकार महासंघका महासचिव हुनुहुन्छ ।