काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) निकट अखिल नेपाल जनसाँस्कृतिक महासंघकाे आंगिक संगठन अखिल नेपाल लेखक संघकाे राष्ट्रिय भेला चितवनमा हुँदैछ । पाैष १७ गते हुने दाेस्राे राष्ट्रिय भेलामा देशैभरबाट क्रान्तिकारी तथा जनपक्षीय लेखकहरु चितवनमा जम्मा हुने सम्बद्ध संगठनले जनाएकाे छ ।
इच्छुक साँस्कृतिक प्रतिष्ठानकाे आयाेजना र अखिल नेपाल लेखक संघकाे सहआयाेजनामा १७ पाैषमै चितवनमा “राष्ट्रिय स्वाधीनताका लागि सिर्जना अभियान” विषयक कार्यक्रमकाे पनि आयाेजना गरिएकाे छ । उक्त कार्यक्रममा देशैभरबाट आएका स्रष्टाहरुले राष्ट्रिय स्वाधीनताकाे पक्षमा लेखिएका सिर्जनाहरु प्रस्तुत गर्ने छन् ।
संघकाे राष्ट्रिय भेला कार्यक्रम चितवनकाे रत्न नगरमा हुने जनाइएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर